arrow

संसदमा ओलीले भने–सरकार चितवनमा आतंक मच्चाउने ध्रुबे हात्ती, संशोधन घातक

logo
प्रकाशित २०७४ वैशाख ११ सोमबार
kp-oli-presents-n.jpeg

काठमाडौं । प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले अहिले सरकारले ल्याएको संविधान संशोधन विधेयक पहिलेको भन्दा घातक भएको बताएका छन् ।

सोमबारको व्यवस्थाविका संसद बैठकमा बोल्दै अध्यक्ष ओलीले भने, ‘सीमाना हेरफेर गर्न प्रदेश सभाको सहमति नचाहिदो व्यवस्था राख्न खोजेर सरकारले चलाखीका साथ खतरनाक संशोधन राखेको छ ।’ प्रदेश सभाको सहमति चाहिने संवैधानिक व्यवस्था नै हटाउन खोजिएको छ, उनले थपे, ‘सरकारले ल्याएको यो विधेयक पारित भयो भने नरहे बाँस नबझे बासुरीको अवस्था आउँछ ।’

ओलीले भने, ‘दुई तिहाइको दम्बले काम नगरौ भोलि इतिहासमा जवाफ एक्लैले दिने हो । कहिले त जबाफ दिने मौका नआउन पनि सक्छ । सबै माननीयले सोचेर निर्णय गरौं ।’ हाम्रो पार्टीले पनि लामो हात फैलाएको छ ।

अध्यक्ष ओलीले बाहिर सुन्दा सकारात्मक हो की भन्ने भान पारिएको भन्दै उनले बाहिर दल मिल्न खोज्दै छन् भन्ने भ्रम पारिएको तर्क गरे ।

सरकारले एमालेलाई एक्ल्याउन खोजेको ओलीको आरोप छ । ओलीले अगाडि भने,  ‘हामीलाई एक्ल्याउने प्रयास भएको छ । सरकारले निर्वाचन चाहेकै छैन । सरकारले एमालेका कारण निर्वाचन भएन भन्ने पार्न खोजिरहेको छ ।’

संविधान संशोधन गर्न मिल्ने भन्दै ओलीले सधैभरी संशोधन गरेर मात्रै नबस्न सरकारलाई सुझाव दिए ।
निर्वाचनका लागि आवश्यक पर्ने विषय संशोधन गर्न सकिने भन्दै उनले भने, ‘निर्वाचनको मिति घोषणा भएपछि स्थानीय तहको संख्या बढाउन सकिन्न । यो सरकारलाई कानुन नियम केही छैन । यो सरकार त चितवनमा आतंक मच्चाउने ध्रुबे हात्ती जस्तै भएको छ ।’

यस्तै, ओलीले स्थानीय तहको अधिकार खोस्ने काम संविधान विपरीत हुने ओलीले बताए । भाषालाई अनुसूचीमा राख्न सकिए पनि सबै भाषा सरकारी कामकाजको भाषा मान्न नसकिने जिकिर समेत ओलीको जिकिर छ ।

‘संघीय व्यवस्थाको मर्मलाई मार्ने गरि आएको संशोधन मान्न सकिन्न,’ उनले भने, ‘जुन विषयहरू आएका छन् ती कुराहरू गम्भीर छलफल गरेर यसलाई स्वीकार्य बनाएर जानुपर्छ ।’ ओलीले अझै पनि एकै चरणमा निर्वाचन गर्न सकिने जिकिर गरे । यस्तै, मधेसको विषयलाई लिएर आफुबारे अनर्गल प्रचार भएको भन्दै ओलीले ‘मलाई धोती, आप खसेको, विहार जाउ भन्यो भनेर नभएको हल्ला समेत फिजाइयो, भने । तर, आफुले मात्रै मधेस मैत्री बजेट बनाएको ओलीको जिकिर छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ