arrow

आर्मी शीर्ष स्थानमा, नवयुग हिरो

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1311669718.jpeg

काठमाडौं । इलामका नवयुग श्रेष्ठ रेडबुल राष्ट्रिय लिगमा सबै भन्दा बढी गोल गर्ने खलाडी बनेका छन् । उनले सोमबार एन्फा कम्प्लेक्सको मैदानमा लुम्बिनी फुटबल क्लवबिरुद्ध दुई गोल गरेसंगै सर्वाधिक गोल गर्ने खेलाडीको तालिकामा शीर्ष स्थानमा छन् । ५ फिट ६ इन्च उचाई र ६१ केजी तौल भएका उनी छरितो छन् ।
नवयुग र टंक बस्नेतको आक्रामक प्रदर्शनले त्रभुवन आर्मी क्लव राष्ट्रिय लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

लुम्बिनी फुटवल क्लव रुपन्देहीलाई ५–० को फराकिलो अन्तरले पराजित गर्दै आर्मी १५ खेलबाट ३० अंकका साथ शीर्ष स्थानमा उक्लिएको हो ।
आर्मीको फराकिलो जितका लागि नवयुग र टंक दुई–दुई गोल गर्ने हिरो बने ।  म्यान अफदी म्याच भएका भरत खवासले एक गोल गरेका थिए ।

लिगमा आर्मी शीर्ष स्थानमा पुग्दा एक खेल कम खेलेको थ्रीस्टार क्लव२९ अंकसहित दोस्रो तथा मनाङ मस्र्याङ्दी २८ अंकसहित तेस्रो स्थानमा छ ।
नौ टोली सहभागी लिगमा सबै खेल खेलेको मोरङ फुटबल क्लब विराटनगर ७ अंक मात्रै बटुलेर पुछारमा रहँदा रुपन्देहीले ८ अंक जोड्दै आठौं स्थानमा रहेर लिग सकाएको छ ।

मंगलबार थ्रीस्टार र सशस्त्र प्रहरी भिड्दै छन् । १४ खेलबाट २३ अंक बटुलेको सशस्त्रको उपाधि सम्भावना समाप्त भइसकेको छ । अन्तिम भिडन्त थ्रीस्टार र मनाङकै हुने देखिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ