arrow

अब मर्जरमा जाने पालो दूरसञ्चार कम्पनीको 

logo
प्रकाशित २०७४ वैशाख १३ बुधबार
telecommunications.jpg

काठमाडौं । सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनीलाई पनि मर्जरमा जानुपर्ने व्यवस्था गर्ने भएको छ । नेपालमा हाल विभिन्न ६ वटा दूरसञ्चार सेवाप्रदायक कम्पनी छन् । 

यीमध्ये गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) बाट तीनवटामा झार्ने उद्देश्यले यो व्यवस्था गर्न लागिएको हो । 

सरकारले दूरसञ्चार सेवा प्रदायक गाभिने र प्राप्तिसम्बन्धी नियमावलीको खाका तयार पारिसकेको छ ।

यो खाकामा पहिलो चरणमा नेपाल दूरसञ्चार प्राधिकरण, सूचना तथा सञ्चार मन्त्रालय र सबै सेवाप्रदायकबीच छलफलसमेत भइसकेको छ । 

यो छलफलपछि नेपालमा ६ वटा सेवाप्रदायक आवश्यक नरहेकाले बढीमा चारवटा नत्र तीनवटै मात्र भए पुग्ने उल्लेख छ । 

यसमा ठूलाले सानालाई किन्न सक्ने, एक आपसमा मर्ज हुन सक्ने व्यवस्थालाई स्वेच्छिक तथा वाध्यकारी व्यवस्थामा राखिएको सूचना तथा सञ्चार मन्त्रालयका सहसचिव रामचन्द्र ढकालले बताए । 

उनका अनुसार सरकारले एक चरणमा छलफल गरिसकेको छ। (अन्नपूर्ण पोष्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ