arrow

झापाको काँकडभिट्टाबाट २४ टयाङकर पेट्रोलियम पदार्थ भित्रियो

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
2036413434.jpeg

झापा । पूर्वी नाका काँकडभिट्टाबाट सोमबार साँझसम्ममा २४ वटा पेट्रोलियम पदार्थका गाडी नेपाल भित्रिएका छन् ।

२२ ट्याङ्कर डिजेल, एक ट्याङ्कर मट्टितेल र एक ट्याङ्कर हवाई इन्धन नेपाल आएको मेची भन्सार कार्यालयका अधिकृत दीपेन्द्र झाले बताए ।

सिलगुढीस्थित अइल निगम पुगेका ३० वटा ट्याङ्करमध्ये २४ ट्याङ्कर सोमबार आइपुगेको र बाँकी मंगलबार बिहानसम्ममा आइपुग्ने मेची पेट्रोलियम व्यवसायी सङ्घका अध्यक्ष लय भण्डारीले जानकारी दिए ।

आइतबार यता केही नाकाबाट पेट्रोलियम पदार्थका गाडी भित्रिएपछि यातायात संचालनमा राहत हुने भएको छ । यस्तै, दशै तिहारलाई घर फर्किने यात्रुले केही सहज अनुभव गर्न पानउने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ