arrow

डिआइजी सिलवालका कागजात ‘किर्ते’

logo
प्रकाशित २०७४ वैशाख १६ शनिबार
Screenshot-silwal-g.png

काठमाडौं । डिआइजी नवराज सिलवालले सर्वोच्च अदालतमा पेस गरेको कार्यसम्पादन मूल्यांकन फारम नक्कली भएको निष्कर्ष प्रहरी छानविन समितिले निकालेको छ ।प्रहरी महानिरीक्षकमा प्रकाश अर्याललाई नियुक्त गर्ने सरकारको निर्णयलाई चुनौती दिदै सिलवालले सर्वोच्चमा रिट दायर गरेका थिए ।

रिटसंगै पेस गरेको कार्यसम्पादन मूल्यांकन फारम नक्कली भएको छानविन समितिको ठहर छ ।सरकारले कार्यसम्पादन मूल्यांकनमा अर्यालको १ सय ५४ दरमलव २ र सिलवालको १ सय ५२ दशमलव ४६ अंक आएको भन्दै अर्याललाई सरकारले चैत २८ मा आइजीपी नियुक्त गरेको थियो ।

२९ गते सिलवालले आफ्नो कार्यसम्पादन मूल्यांकन ‘छेडछाड’ गरेर अर्याललाई बढी नम्बर दिइएको दाबीसहित सर्वोच्चमा रिट हालेका थिए । उनले निबेदनसँगै अर्याल र आफ्नो कार्यसम्पादन मूल्यांकन फारामसमेत बुझाएका थिए ।

उनले चार बर्षको कार्यसम्पादनमा आफ्नो २ सय ६३ र अर्यालको २ सय ६२ नम्बर रहेको दाबी गरेका थिए । उनले कार्यसम्पादन फाराम अनलाईनबाट लिएको र ‘रिफ्रेन्स’का रुपमा निवेदनसहित राखेको बताउँदै आएका छन् । (नागरिक दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ