arrow

रुपन्देहीको बेलहिया नाका खुल्यो

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
1642374248.jpeg

रुपन्देही । गत सोमबारदेखि पूर्णरुपमा ठप्प रहेको नेपाल–भारत सीमा नाका बेलहिया सोमबार देखि खुलेको छ ।

बेलहिया नाकाबाट साँझ ६ः३० बजेसम्ममा झन्डै एक सय ट्रक नेपाल भित्रिएको इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख प्रहरी निरीक्षक रविनबाबु रेग्मीले जानकारी दिए ।

दिउँसो २ बजेदेखि सहजरुपमा खुलेको बेलहिया नाकाबाट साँझसम्ममा दुईवटा पेट्रोल, दुईवटा डिजेल, तीनवटा ग्यास बुलेट, चारवटा अक्सिजनसहित अन्य खाद्यान्न बोकेका ट्रक तथा टुरिस्ट बस गरी सय बढी साधन नेपाल भित्रिएको रेग्मीले बताए ।

नेपालको जारी संविधानप्रति असन्तोष पोख्दै आएको भारतले आन्दोलनकारीको नाउमा गत सोमबारदेखि बेलहिया नाका पूर्णरुपमा ठप्प पारेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ