arrow

ट्रम्पको जलवायु नीतिविरुद्ध प्रदर्शन, ट्रम्प फेरि मिडियामाथि नै खनिए

logo
प्रकाशित २०७४ वैशाख १७ आइतबार
america.JPG

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता सम्हालेको एक सय दिन भएको अवसरमा अमेरिकाका सडकभर विरोध प्रदर्शन भएको छ । 

ट्रम्पको जलवायु परिवर्तन सम्बन्धी नीतिहरुको विरोधमा हजारौं अमेरिकीहरु सडकमा उत्रिएका हुन् । 

‘जनताको जलवायु र्याली’ नाम दिइएको उक्त प्रदर्शन सांकेतिक रुपमा राष्ट्रपतिका रुपमा ट्रम्पको १०० औँ दिन पारेर आयोजना गरिएको हो ।

वासिङटनमा प्रदर्शनकारीहरुले ह्वाइट हाउसलाई घेर्ने योजना बनाएका छन् । उनीहरुले ट्रम्पलाई बाटोबाट हट्न भनेका छन् ।

यसैबीच, ट्रम्प फेरि पनि सञ्चारमाध्यम माथि खनिएका छन् । पेन्सेल्भेनियामा आयोजित र्यालीमा उनले सञ्चारमाध्यममा आफ्ना बारेमा गरिएका आलोचना पत्रकारसँग साइनो नै नभएको भन्दै आक्रोश पोखेका हुन् ।

ट्रम्पले ह्वाइट हाउसमा आयोजित संवाददाताको डिनर मिटिङमा आफू सहभागी नहुने समेत जनाएका छन् । 

सन् १९८१ मा रोनाल्ड रेगनपछि यस्तो वार्षिक कार्यक्रममा सहभागी नहुने उनी पहिलो अमेरिकी राष्ट्रपति बनेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ