arrow

सैनिक मुख्यालयमा आकस्मिक बैठक, राजनीतिक घटनाक्रमले थप्यो चुनौती 

logo
प्रकाशित २०७४ वैशाख १८ सोमबार
nepal-army-logo.jpg.jpeg

काठमाडौं । सेनाले देशको पछिल्लो राजनीतिक घटनाक्रमबाट चुनौती थपिएको निश्कर्ष निकालेको छ ।

सैनिक मुख्यालय जंगी अड्डामा आइतबार राति बसेको आकस्मिक बैठकले वर्तमान परिस्थितिबाट उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीको समीक्षा गर्दै आवश्यक सुरक्षा सतर्कता अपनाउने निर्णय गरेको हो ।

प्रधानसेनापति राजेन्द्र क्षत्रीको नेतृत्वमा बलाधिकृत रथी र बलाध्यक्ष रथीसहित सबै महानिर्देशनालय प्रमुखसहितको बैठकमा वर्तमान राजनीतिक अवस्थाका विषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

प्रधानसेनापतिको सचिवालयले आयोजना गरेको बैठकको निर्णय उपत्यकासहित पाँचै पृतना मुख्यालय र मातहतका बाहिनी, गण र गुल्मलाई राति नै सम्प्रेषण गरिएको छ ।

पछिल्लो घटनाक्रमका विषयमा छलफल र समीक्षा भएको हो, सम्भावित सुरक्षा चुनौती सामनाका लागि तयारी अवस्थामा रहन निर्देशन भएको छ,’ बैठकमा सहभागी एक उपरथीले भने । (नागरिक दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ