arrow

संसद् विघटनको सूचनापछि राप्रपाको सरकार नछाड्ने संकेत 

logo
प्रकाशित २०७४ वैशाख १८ सोमबार
RPP-N111.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यसम्पादन समितिको बैठक बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकमा आईतबार व्यवस्थापिका संसद् सचिवालयमा प्रधानन्यायाधीस सुशीला कार्की विरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव, संविधान संशोधन, स्थानीय तहको निर्वाचन र पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छलफल भईहेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । 

 

बिहानैदेखि बसेको बैठकले यी विषयमा पार्टीको ठोस धारणा बनाउने तयारी गरिरहेको छ । अहिले मुख्यतयाः महाभियोग दर्ता र त्यसपछि उत्पन्न राजनीतिक सरगर्मीको बिषयसँगै आईतबारको व्यवस्थापिका बैठकमा आफ्ना १३ सांसद् अनुपस्थित रहेको विषयमा छलफल चलिरहेको ती नेताले जानकारी दिए । यदि राप्रपाको १३ सांसद् उपस्थित भएको भए आईतबारको बैठकमा नै संविधान संशोधन विधेयक दुई तिहाई बहुमतबाट पारित हुने अंकगणित मिलिसकेको अवस्थामा ती सांसद्हरुको अनुपस्थितीले राजनीतिक घटनाक्रम नै अन्यत्रै मोडिएको छ ।  

 

यसरी आफ्ना सांसद्हरु संसद्मा अनुपस्थित भएको विषयमा समेत बैठकमा छलफल भईरहेको छ । बैठकमा महाभियोगमा काँग्रेस र माओवादीका नेताहरुले हस्ताक्षर गरिसकेको अवस्थामा आफू सरकारमा बसिरहने कि बाहिरिने भन्नेसम्मको चर्चा सुरु भएको छ । महाभियोगको विषयमा असन्तुष्टि जनाउँदै सरकारबाट बाहिरिनु पर्ने एकथरीको सुझाव रहेको छ भने गृहमन्त्रीले राजीनामा दिएर तनावमा रहेका प्रधानमन्त्रीले राप्रपा पनि सरकारबाट बाहिरिने हो भने संसद् विघटन गर्नेसम्मको सूचना पाएपछि बैठकमा यस विषयमा घनिभूत छलफल सुरु भएकोछ । 

 

सुरुमा सरकारबाट बाहिरिँदा उपप्रधानमन्त्री मात्रै बाहिरिने कि पार्टीका सबै मन्त्रीहरु फिर्ता बोलाउने भन्ने विषयमा छलफल भएकोे पार्टीभित्र संसद् विघटनको कुरा चलेपछि भने अहिले संसद् जोगाउनकै लागि भएपनि आफूहरु सरकारबाट बाहिरिन नहुने विषयमा समेत छलफल भईरहेको छ । यस्तो अवस्थामा सरकारबाट बाहिरिने विषयमा प्राथमिकतामा नपर्न सक्छ एक सदस्यले हाम्राकुरासँग भने बाँकी कुरा भने बैठक सकिएपछि थाहा हुन्छ । 

 

उता, राजाले पार्टी फुटाउन लागेको भन्ने हल्लाको विषयमा पनि बैठकमा छलफल चलिरहेको छ । दुई राप्रपा मिलेर शक्तिशाली पार्टी बनिसकेको र यसैको कारणपनि मुलुकमा राजसंस्थाको पक्षमा माहोल बन्दै गएको विश्लेषण गरेको राप्रपाले पूर्व राजाले पार्टी फुटाउन लागेको भन्ने हल्लालाई निराधार रहेको भनेपनि यो विषय कसरी चर्चामा आयो भनेर भने छलफल चलिरहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ