arrow

‘ओलीको मन्त्रीमण्डलमा एक भिन्न अनुहार’ मृगौला पीडित निषाध राज्यमन्त्री

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
405523712.jpeg

काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्री मण्डलमा एक भिन्न अनुहार देखिएको छ । राज्यमन्त्रीको रुपमा उनले पद तथा गोपनियताको सपथ लिइसकेका छन् । ती राज्यमन्त्री समेत ओली जस्तै स्वास्थ्यलाई वेवास्ता गर्दै राजनीतिमा अचुक देखिएका छन् ।

उनी राज्यमन्त्री भएपनि उनको रोगसंगको लडाई र अधिकारको लडाई अपरो नै छ । २०६९ मा मधेस समता पार्टीको स्थापना गरेको ५३ बर्षीय मेघराज नेपाली निषाध मृत्युसंग लडिरेहकै समयमा राज्यमन्त्री भएका छन् । उनी अहिले सांसदमात्र होइन पार्टी अध्यक्ष पनि छन् ।

ओली जस्तै मृगौला पीडित निषाध आइतबार संसदमा प्रधानमन्त्रीको निर्वाचन हुँदा अस्पतालकाे शैयाबाट उठेर केपी ओलीलाई समर्थन गर्न संविधान सभा भवन नयाँ बानेश्वर पुगेका थिए । ओलीका प्रस्तावक र समर्थकको सुचनामा समर्थन गर्न रोस्टम सम्म पनि जान नसकेका उनले आसनबाटै सकि नसकी माइकमा आफ्नो अस्वस्थताको जानकारी र ओलीलाई समर्थन गरे ।

उनले भने,–‘धेरै दिन पछि संसदमा बोल्न पाएको छु, तर अस्वस्थताले बोल्न सक्ने अवस्थामा छैन, कुनै दिन संसदमा चर्केर बोल्ने धोको छ ।’ पर्साको धोरेमा बस्दै आएका नेपाली लामो समय देखि मृगौला पीडित छन् । उनको दुबै मृगौलाले काम नगर्ने भएपछि गत जेड अन्तिम साता मात्रै भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा भर्ना भए ।

सजिलै हिडडुल गर्न नसक्ने उनको राजनीतिक लगाव घटेको छैन । अस्वस्थ्य रहेका नेपाली मृगौलाको डायलासिस गर्दा गर्दै संविधानमा हस्ताक्षर गर्न संविधानसभा भवनको लोप्चे हल पुगेका थिए । राज्यमन्त्री निषाधको भरखरै मात्र मृगौला प्रत्यारोपण भएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ