arrow

बेचैनीबीच मोदीको फोन : के ओलीले चीन अघि भारत नै रोज्लान् ?

logo
प्रकाशित २०७२ पुष १६ बिहिबार
oli-oli.jpg.jpeg
काठमाडौं । विहिबार बिहान दुई प्रधानमन्त्रीबीच टेलिफोन वार्ता भयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत भ्रमण गर्न आग्रह गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान समस्या समाधान भएपछि भ्रमण गर्ने जवाफ दिए । पहिले पनि भारतीय प्रधानमन्त्रीले निम्तो दिनु भएकै हो । तर, प्रधानमन्त्री ओलीले तत्काल भ्रमण नगर्ने प्रतिक्रिया दिनुभयो । प्रधानमन्त्रीका परराष्ट्र विज्ञ गोपाल खनालले हाम्रा कुरासंग भने,‘चीन भ्रमणको विषय आइरहेकै हो ।’ चैतमा हुने बोआओ सम्मेलनमा सहभागि हुने कार्यक्रम नै छ । यद्यपि, ओली पहिलो भ्रमणमा चीन जाने वा भारत जाने भन्ने विषय आन्तरिक रहेकाले आफ्नो अनुकुलता हेरेर भ्रमण तय हुने खनालले बताए । 
 
भ्रमण अभ्यासबारे जानकारी दिँदै खनालले भने,‘चीन–भारत दुबैतिर जाने तयारी भइरहेको छ, प्रधानमन्त्रीले प्राथमिकता हेरेर भ्रमण गर्नुहुनेछ ।’ प्रधानमन्त्रीको आत्मनिर्भरताकै भाषा परराष्ट्र विज्ञ खनालले नेपालले आफ्नो अनुकुलताको निर्णय गर्ने सुनाए । दुई प्रधानमन्त्रीबीच प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जारी गरेको प्रेस नोटमा उल्लेख भए भन्दा बाहेक अन्य कुनै विषयमा सम्वाद नभएको खनालको भनाई छ । 
 
के छ प्रेस नोटमा ? 
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच विहिबार विहान १०.३५ बजे टेलिफोनमा सम्वाद भएको छ । करिव २० मिनेट भएको वार्तामादुबै प्रधानमन्त्रीले अंग्रेजीनयाँबर्ष २०१६ को शुभकामना आदान प्रदान गरे । प्रधानमन्त्रीओलीले मधेसी मोर्चाकामागलाई सम्बोधन गरेर सरकारले संसदमा प्रस्तुत गरेको संविधान संशोधन प्रस्तावलाई भारत सरकारले स्वागत गरेकोमा प्रधानमन्त्री मोदीलाई धन्यवाद ज्ञापन गरे । नेपाल र भारतबीचको सम्बन्धलाई सुमधुर बनाउनेबारे कुराकानी भयो । प्रधानमन्त्री ओलीले आफुले नेपाल र भारतबीचको सम्बन्ध सकारात्मक बनाउन चाहेको भारतका प्रधानमन्त्रीलाई बताए । 
 
प्रधानमन्त्री ओलीले आपूर्ति व्यवस्था सहज नभएकोमा भारतीय प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै रक्सौल–बीरगन्ज नाकाबाट आपूर्ति व्यवस्था सहज बनाउन आग्रह गरे । जवाफमाप्रधानमन्त्रीमोदीले आफु सदैव आपुर्ति व्यवस्था सहजहोस भन्ने पक्षमा रहेको र त्यसका लागि भारतको तर्फबाटकुनै रोकटोक नभएको बताए ।  भारतीय प्रधानमन्त्री मोदीले रक्सौल बीरगन्जनाका बाहेक सबै नाकाबाट आपूर्तिव्यवस्था सहज भएको भन्दै नेपालकै राजनीतिक दलहरुले उक्त नाकामा प्रदर्शन गरिरहेका कारण असजह भएको बताए । प्रधानमन्त्रीमोदीले औषधीको अभाव भएका बेलाआफुले विदेशमन्त्री सुष्मा स्वराजलाई एयरलिफ्ट गरेर भएपनि औषधीआ पूर्ति गर्न भनेको स्मरण गरे ।  
 
प्रधानमन्त्री ओली र प्रधानमन्त्री मोदीबीच द्धिपक्षीय हितका बिषयमा समेत कुराकानी भयो । प्रधानमन्त्रीमोदीले छिटै भारत भ्रमणगर्न दिएको निम्तोलाई प्रधानमन्त्रीओलीले स्वीकार गरे । छिटै परिस्थितिलाई सहजबनाएर भारत भ्रमणगर्ने प्रधानमन्त्रीओलीले बचन दिएका छन् । 
 
अनिर्णित ओलीको सकस !
भारतीय प्रधानमन्त्रीले तेस्रो पटक टेलिफोन गरेर भ्रमणको निम्तो दिनु, ओलीको चीन भ्रमणको प्रबन्ध मिलाएर दुई दिन अघि मात्रै उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले चीन बसाइको तीतो सुनाउनु र सत्ता गठबन्धनबाटै भ्रमण प्राथमिकताको दबाब खेपिरहनुले प्रधानमन्त्री ओली थप सकसमा परेका छन् । 
 
भ्रमण सकसले ओली अनिर्णित समेत भएका छन् । अलमलकाबीच ओलीले समस्या समाधानको विषयलाई सुरक्षित लाइन बनाउँदै भारतीय प्रधानमन्त्रीलाई बचन दिएका छन् । उनले भारतलाई समस्या समाधानका लागि सहयोग गर्न समेत भनेका छन् । भ्रमणको उपयुक्त बाटो पहिल्याउन ओलीले पारवहनको विषयलाई अघि सारेका छन् । पारवहनको विषय नै ओली भ्रमणको निर्णायक कवच भने हुन नसक्ने विश्लेषण भइरहेको छ । ओलीलाई भारतसंग जोडिएको पारवहनको विषय भन्दा सरकारभित्रैको मार्ग निर्देशले अफ्ठ्यारो परेको छ । भ्रमणकै विषय नै ओलीको अग्नि परिक्षा सिद्ध हुने विश्लेषकहरुको अड्कल छ । 
 
परराष्ट्रमन्त्रीलाई चीनले सम्झाएका विभिन्न विषयमा प्रधानमन्त्रीले जानकारी पाइसकेका छन् । अर्कोतिर तीन–तीन पटक घनिष्ट छिमेकी भारतको सरकार प्रमुखसंग टेलिफोन कुराकानी भसकेको छ । यद्यपि, ओली भ्रमण सकसको पिंजडाबाट बाहिर निस्कन सक्ने वातावरण बनेको छैन । प्रधानमन्त्री निर्वाचित भएकै दिन बधाई र भ्रमण निम्तो दिएका मोदीले वीरगन्ज झडपमा भारतीय युवको गोली लागि मृत्यु भएपछि प्रधानमन्त्री ओलीलाई सम्झेका थिए । प्रधानमन्त्री निर्वाचित भएकै भोलीपल्ट ओलीको नीजि निवास बालकोट पुगेका भारतीय राजदूत रणजीत राय औपचारिक भ्रमणको सुरुवात भारतबाटै गराउन निकै मेहनत गरिरहेका छन् । रायले प्रधानमन्त्री निवासमै पुगेर भ्रमणबारे छलफल गरिसकेका छन् । प्रधानमन्त्रीले परराष्ट्रमन्त्रीलाई चीन पठाएदेखि उनको व्यवस्तता झन् बढेको छ । 
संकटको लहरो !
 
प्रधानमन्त्री ओलीलाई छिमेकीले बारम्बार बोलाउँदा नजानुले अफ्ठ्यारो पर्ने निश्चित छ । अहिले पनि कार्यशैली र असहज जनजीवनको दृष्टीकोणबाट ओली कमजोर बन्दै गएको विश्लेषण भइसकेको छ । प्रतिकुलताले ओलीको बोली लरबराइसकेको छ । ओलीले अभिव्यक्त गरेको प्रतिकुलतानै उनको सरकारको मूल संकट हो । ओलीले सत्तागठबन्धनमा निकै सम्झौता गरिसकेका छन् । अझै कयौं सम्झौताहरु बाँकी छन् । अर्कोतिर सरकारको सय दिनमा जनतालाई दिनुपर्ने मसला जुटाउन समेत ओलीलाई संकट परिसकेको छ । पछिल्लो समय औपचारिक भ्रमण नै ओलीको मूल्याङ्कनको विषय बनेर आएको छ । ओलीले पुरानो परम्परा कायम गर्लान् वा सत्ता गठबन्धनको अर्को ठूलो शक्तिले गरेको निर्देश पालना गर्लान् ? खास कौतुहल उब्जिएको छ ।
 
सत्ता गठबन्धनको अर्को शक्ति एकिकृत माओवादीले हिजो आफुले उठान गरेका सम्बन्धका अभ्यासहरु अघि लैजानु पर्ने प्रत्यक्ष वा अप्रत्यक्ष दबाब ओली सरकारलाई दिइरहेको छ । उसले चीन भ्रमण नै पहिलो हुनु पर्ने भन्दै ओलीलाई उत्तरतिर खिचिरहेको छ । यस्तै, ओलीकै पार्टी नेतृत्वको सरकारका अघिल्ला सरकार प्रमुखले क्रम भङ्ग गरेका छैनन् । तर, ओलीलाई क्रम भङ्ग गर्नुपर्ने ठूलो दबाब छ । नभए उनी पनि विगतका प्रधानमन्त्री झैं सिंहदरबारबाट कालो अनुहार लिएर बाहिर निस्कनु पर्ने निश्चित छ । ओलीले आफु सिंहदरबारमा फोटो टाँस्नकै लागि प्रधानमन्त्री नभएको दृढतालाई समेत प्रमाणित गर्नु पर्ने चुनौती छ । खास उनले भन्ने गरेको आत्मनिर्भरता र उनको सुरक्षा कवच ‘राष्ट्रियता’को अर्थ स्पष्ट पार्नुपर्ने कठिन परिस्थितिलाई जित्नु पर्नेछ । मूख्य कुरा ओलीले सरकार जोगाउनु पर्नेछ । 
 
औपचारिक भ्रमणको विगत
राष्ट्रिय मेलमिलापलाई अघि सार्ने जननिर्वाचित पहिलो प्रधानमन्त्री वीपी कोइरालाले औपचारिक भ्रमणको सुरुवात भारतबाटै गरे । त्यसपछिका सरकार प्रमुखहरुले क्रम भङ्ग गरेनन् । गणतन्त्र बहालिपछीको पहिलो सरकारका मन्त्री पुष्पकमल दाहालले परम्परा तोडे । दाहालले औपचारिक भ्रमणको सुरुवात चीनमा भएको बेइजिङ ओलम्पिक सहभागिताबाट गरे । त्यसपछि फेरि पनि उनकै पार्टीबाट बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा भारतबाटै औपचारिक भ्रमणको सुरुवात भयो ।
 
दाहालको क्रम भङ्गता पालन भएन । त्यसपछि एमाले नेतृत्वका सरकार प्रमुखले चीन भ्रमको नाम समेत लिएनन् । लोकतान्त्रिक संविधान जारी गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको जस लिएर राष्ट्रिय एकताको सन्देश फुकेका शीर्ष तीनदलले एकता कायम नगरे जस्तै केपी शर्मा ओली भ्रमणकै कारण आफ्नो छवि जोगाउनबाट चुक्ने चर्चा पाएको छ । तर, परराष्ट्रमन्त्रीको चीन भ्रणले बास्तविक धरातल सम्झाइसकेको छ–‘भारतसंगकै सम्बन्धमा जोड देऊ’ । कारण चीनसंगको सम्बन्ध विस्तारले दोस्रो तथा तेस्रो पक्षलाई फाइदा पुग्नेछ । जसले तय गरेको बाटोमा हिंड्ने की वास्तविक धरातललाई हेर्ने भन्ने दोहोरो संकटमा प्रधानमन्त्री छन् । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ