arrow

पत्रकार महासंघ जापान शाखामा कार्यसमितिले थाल्यो औपचारिक काम

logo
प्रकाशित २०७४ वैशाख २० बुधबार
japan-fnj.jpg

टोकियो । नेपाल पत्रकार महासंघ जापान शाखाको नवनिर्वाचित कार्यसमितिले पदभारग्रहणसंगै औपचारिक काम शुरु गरेको छ । 

अप्रिलमहिनामा सम्पन्न तेश्रो अधिवेशनबाट निर्वाचित १३ सदस्यीय नयाँ कार्यसमितिले पदभार ग्रहण गरेको हो । 

कार्यक्रममा निबर्तमान अध्यक्ष तिलक मल्लले पत्रकार महासंघ जापानलाई साच्चिकै अरु भन्दा फरक बनाउन नयाँ कार्यसमितिको जिम्मेवारी थपिएको बताउँदै पत्रकारहरु पनि स्वयम् आफु अपडेट हुनुपर्ने बताए । 

अरुलाई सुसिचित गर्ने पत्रकार अलि फरक भएकोले आफु के गर्न हुन्छ के गर्न हुन्न भन्ने कुरामा पनि ख्याल गरिनु पर्ने बताएका छन् ।

 नवनिर्वचित अध्यक्ष मोहन घलेले पत्रकार महासघंले सबै पत्रकारलाई समेट्दै ,पत्रकार क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने बताए ।

घलेले प्रवासमा कलम चलाउन खोज्ने पत्रकारलाई तालिम र अबसरको सिर्जना गर्ने कुरामा जोड दिए  ।

निर्वाचन समितिका सदस्य पवन वर्षा शाह, निवर्तमान कोषाध्यक्ष श्रवण कुमार छन्त्याल, अनूपराज कडेल, सदस्य प्रेमिला गौचन, नवनिर्वाचित समितिका उपाध्यक्ष पूर्ण बहादुर चलाउने, सदस्यहरु शान्त पहारी, रबिन्द्र श्रेष्ठ र संगिता कुँवर लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा निबर्तमान कार्यसमितिलाई धन्यवादसहित  नवनिर्वाचित समितिलाई प्रमाणपत्र वितरण गरिएको थियो । 

कार्यक्रम निर्वाचन समितिका अध्यक्ष भूषण घिमिरेको अध्यक्षता निवर्तमान सचिव को स्वागत मन्तव्य तथा नबनिर्वाचित कार्यसमितिका कोषाध्यक्ष श्रवण कुमार छन्त्याल एवम नव निर्वाचित सचिव ऋतु कुमार दुराको संचालनमा सम्पन्न भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ