arrow

चिनियाँ प्रधानमन्त्री ‘ली’को ओलीलाई हार्दिकताको बधाई

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
323090566.jpeg

काठमाडौं । जनगणतन्त्र चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङले चीन सरकार र जनताको तर्फबाट नव निर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीलाई  हार्दिकताको बधाई दिएका छन् । ‘ली’ ले हृदयदेखिनै बधाई भन्दै कार्यकालको सफताको शुभकामना दिएका छन् ।

एमाले अध्यक्ष ओली नेपालको प्रधानमन्त्री निर्वाचित भएकामा एक बधाई सन्देश पठाउँदै चिनियाँ प्रधानमन्त्री ‘ली’ले चीन र नेपाल निकटका मिलनसार मित्र र कठिन परिस्थितिमा पनि सुमधुर पारस्परिक सम्बन्ध कायम राखेका असल छिमेकी हुन्–भनेका छन. ।

बृहत् चासोका आपसी विषयमा दुवै मुलुकले एकअर्कालाई सहयोग गर्दै आएको उल्लेख गर्दै सन्देशमा चिनियाँ प्रधानमन्त्रीले ओलीको सबल नेतृत्वमा नेपालले आर्थिक विकास एवम् राष्ट्रिय स्थायित्व हासिल गर्ने विश्वास गरेका छन् ।

प्रधानमन्त्री ओलीसँग निरन्तर सहकार्यको प्रतिबद्धता गर्दै ‘ली’ले चीन र नेपालबीचको बृहत् सहयोगात्मक सहकार्यलाई नयाँ उचाइमा लैजाने दृढता पनि देखाएका छन् ।

नेपालको शान्ति, स्थायित्व र समृद्धिका लागि चीनले आफ्नो क्षमताले भ्याएसम्म सहयोग गर्ने बताउँदै प्रधानमन्त्री ‘ली’ले ओलीको सुस्वास्थ्य र नेपाली जनताको उन्नति, कल्याण र सुदृढ एवम् समृद्ध नेपालको कामना गरेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ