arrow

श्रीलंकाविरुद्ध म्याक्कुलम नखेल्ने

logo
प्रकाशित २०७२ पुष १६ बिहिबार
Brendon-McCullum.jpg.jpeg
एजेन्सी । न्यूजील्याण्डले श्रीलंकाविरुद्धको एक दिवसीय क्रिकेटमा कप्तान ब्रेन्डन म्याक्कुलमलाई मैदानमा उतार्न नसक्ने संकेत दिएको छ । चोटको कारण शुक्रबार हुने तेस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा म्याक्कुलम नदेखिने सम्भावना बढेको हो । आउदों फेब्रुअरीमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणाको तरखरमा रहेका म्याम्कुलमको मंगलबार भएको दोस्रो एकदिवसीय खेलका क्रममा ढाडमा चोट लागेको थियो । 
 
वुधबार म्याक्कुलमले अभ्यासमा भाग नलिएपछि प्रशिक्षक माइक हेसनले भने,‘बे्रन्डनको ढाडमा अझै पीडा छ, त्यसैले उनी खेल्ने संभावना न्यून छ ।’ तर, ब्रेन्डन ठीक भए भने खेल्न सक्नेछन् । न्यूजील्याण्डले श्रीलंकाविरुद्धको अघिल्ला दुई खेल सजिलै जितेको थियो । हेसन थपे, ‘चोटका कारण दोस्रो एक दिवसीयमा बाहिर रहेका तब्री गतिका बलर एडम मिल्ने शुक्रबार खेल्नेछन् ।
 
लगातार दुई खेलमा चार–चार विकेट लिने म्याट हेनरीलाई तेस्रो एक दिवसीयमा विश्राम दिने बताएका छन् । हेनरीको स्थानमा अर्का तीब्र गतिका बलर टिम साउथीले स्थान पाउने छन् । चोटले केही खेल गुमाएर टिममा फर्केका अलराउन्डर कोरी एण्डरशन र ग्रान्ट इलिओट न्यूजील्याण्डको टोलीमा परेका छन् । यद्यपि,  एण्डरशनले व्याटिङ मात्रै गर्ने छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ