arrow

प्रत्येक स्थानीय तहमा कम्तीमा पाँच करोडको खानेपानी योजना

logo
प्रकाशित २०७४ वैशाख २२ शुक्रबार
tap-water.jpeg

काठमाडौं । सरकारले प्रत्येक स्थानीय तहमा कम्तीमा पाँच करोड रुपैयाँ बराबरको खानेपानी योजना लैजाने योजना बनाएको छ । 

खुद्रे योजना नियन्त्रण गर्न यस्तो गर्न लागिएको खानेपानी तथा सरसफाइ मन्त्रालयले जनाएको छ । 

मन्त्री जीवनबहादुर शाहीले प्रत्येक स्थानीय तहमा कम्तीमा पाँच करोड रुपैयाँ बराबरको खानेपानी योजना लैजाने गृहकार्य भइरहेको जानकारी दिए ।

 ‘मुलुकभरका प्रत्येक स्थानीय तहमा कम्तीमा पाँच करोड रुपैयाँको खानेपानी योजना लैजाने तयारीमा तयारीमा मन्त्रालय जुटेको छ,’ उनले भने । 

मुलुकभर अहिले ७४४ स्थानीय तह निर्धारण गरिएका छन् । प्रत्येक तहमा पाँच करोडका दरले विनियोजन हुँदा ३७ अर्ब २० करोड रुपैयाँ बजेट आवश्यकता पर्छ । 

प्रत्येक वर्ष सरकारले सानाठूला गरी मुलुकभर करिब १५ हजार खानेपानीको योजना स्वीकृत गर्दै आएको छ । 

यसका लागि मात्रै प्रत्येक वर्ष २० अर्ब रुपैयाँ बराबरको बजेट बिनियोजन हुने गरेको छ, तर उपलब्धि भने त्यति देखिएको छैन ।

 ‘खानेपानीका योजना अहिले पनि चलिरहेका छन्, तर त्यसको अनुगमन हुन सकेका छैनन् । 

योजनाको प्रभावकारिता मूल्यांकन भएका छैनन्। त्यसैले सरकारले बिनियोजन गरेको बजेटले कति उपलब्धि हासिल गर्यो भनेर ठ्याक्कै भन्न सकिने स्थिति छैन,’ उनले भने, ‘यसलाई नियन्त्रण गर्न जरुरी छ। सबैलाई उत्तरदायित्व बनाउन जरुरी छ। यसैका लागि नयाँ संरचनाअनुसार बजेट बिनियोजन गर्न लागिएको हो ।’

संविधानले प्रत्येक नागरिकलाई स्वच्छ खानेपानीको व्यवस्था हुने ग्यारेन्टी गरेको छ। 

तर, खानेपानी तथा सरसफाइ मन्त्रालयका अनुसार मुलुकभर ३५ लाख जनता स्वच्छ खानेपानी पिउनबाट वञ्चित छन् । (नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ