arrow

मूर्दावादको नारा नरोकिएपछि स‌ंसद् २४ गतेसम्मका लागि स्थगित 

logo
प्रकाशित २०७४ वैशाख २२ शुक्रबार
Nepal-Parliament-October9.jpg.jpeg

काठमाडौं । व्यवस्थापिका संसद्मा प्रधान न्यायाधीस सुशीला कार्की माथि लगाईएको महाभियोग प्रस्तावको विपक्षमा विपक्षी दलहरुले संसद् चल्न नदिएपछि संसद् बैठक बैशाख २४ गतेसम्मको लागि स्थगित गरिएको छ । 

प्रस्तावकको तर्फबाट नेपाली काँग्रेसका सांसद् मीन बहादुर विश्वकर्मालार्इ सो प्रस्ताव संसद् समक्ष पेश गर्नको लागि सभामुख ओनसरी घर्तीले १५ मिनेट समय दिएकी थिर्इन् । त्यतिबेलासम्म प्रतिपक्षि दलका सांसद्हरुले सभामुखको फ्लोर घेरिसकेका थिए । मूर्दावाद सहितको नारा लगाएर फ्लोरमा अघि उभिएका सा‌ंसद्हरुलार्इ पटकपटक संयमित भएर बस्न सभामुख घर्तीले आग्रह गरेकी थिर्इन । 

तर, सांसद्हरुको नाराबाजी नराेकिएपछि सभामुख घर्तीले आइतबार दिउँसो १ बजे बस्ने गरी स‌ंसद् बैठक स्थगित गरेकी हुन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ