arrow

बलिउडमा पहिलो रेकर्ड, हजार करोडको क्लबमा ‘बाहुबली–२’ !

logo
प्रकाशित २०७४ वैशाख २३ शनिबार
baahubali-2.jpg

एजेन्सी ।  भारतीय चलचित्र ‘बाहुबली–२’ ले पहिलो साता मै विश्वव्यापी रुपमा ९ सय करोड भारतीय रुपैयाँ कमाएको छ । योसँगै चलचित्रले हजार करोडको क्लबमा प्रबेश गर्ने निश्चित देखिन्छ ।  २८ अप्रिलमा रिलिज भएको चलचित्रले ८ दिनमै नयाँ कीर्तिमान कायम गरेको हो ।


भारतिय रुपैया २७० करोडको बजेटमा बनेको चलचित्र बाहुबली-२ पहिले नै नाफामा रहेको छ । चलचित्रले रिलीज हुनु भन्दा पहिले नै थिएट्रिकल राइट्स बेचेर ५०० करोड भारु भन्दा ज्यादा कमाई गरेको छ । साताको  यो कमाइ बलिउडमा हालसम्मकै सर्वाधिक रहेको बताइएको छ । यसअघि अमिर खानको ‘दंगल’ले सातामा ७ सय ४४ करोड कमाएको थियो ।

बाहुबली–२ ले आफ्नै अघिल्लो चलचित्रको रेकर्ड समेत तोडेको छ । चलचित्र भारतमा ६ हजार ५ सय स्क्रीन्समा रिलिज भएको छ भने संसारभरमा ९ हजार स्क्रीन्समा रिलिज भएको छ । चलचित्र हिन्दीसहित विभिन्न ६ भाषामा निर्माण भएको छ । अब यस चलचित्रलाई चिनियाँ र जापानी भाषामा समेत प्रदर्शन गर्ने तयारी भइरहेको भारतिय सञ्चारमाध्यमले जनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ