arrow

साफ च्याम्पियनसिप : भारत र अफगानिस्तानबीच फाइनल भिडन्त

logo
प्रकाशित २०७२ पुष १६ बिहिबार
SAFF-Championship.jpg.jpeg
काठमाडौं । भारतको केरलामा जारी ११औ दक्षिण एसियाली फुटबल साफ च्याम्पियनसिपको फाइनल भिडन्त साविक विजेता भारत र डिफेन्डिङ च्याम्पियन अफगानिस्तानबीच हुने भएको छ । विहिबार केरलाको त्रिबेन्द्रम रंगशालामा भएको सेमिफाइनल खेलमा भारतले माल्दिभ्स तथा अफगानिस्तानले श्रीलंकालाई पराजित गर्दै फाइनल भेट तय गरेका हुन् । भारतले माल्दिभ्सलाई ३–२ गोल अन्तरले हरायो ।
 
यस्तै, अफगानिस्तानले श्रीलंकालाई ५–० को फराकिलो अन्तरले हरायो । यी दुईबीचको फाइनल भिडन्त निकै रोचक हुने अनुमान छ । फाइनल खेल आइतबार हुनेछ । तेस्रो स्थानका लागि पराजित माल्दिभ्स र श्रीलंका भिड्ने छन् । अफगानिस्तानका लागि यो अन्तिम साफ च्याम्पियनसिप हुने छ । अफगानिस्तान आगामी वर्षमा दक्षिण एशिया छोडेर मध्य एसियाली समूहबाट फुटबल खेल्ने छ । अघिल्लो चरण प्रवेशको उदेश्यले केरला पुगेको नेपाल भने समूह चरणबाटै बाहिरिएर घर फर्किसकेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ