arrow

एक्कासी बढ्यो मदिराको खपत, कारण यस्तो 

logo
प्रकाशित २०७४ वैशाख २७ बुधबार
drinkingimage.jpg.jpeg

काठमाडौं । दिनभरी भोट माग्न ब्यस्त हुने उम्मेदवारसँगै अधिकांश दलका कार्यकर्ता साँझ परेपछि सहरका ससाना भट्टी छिर्छन् । 

अलिक पैसा हुने र उपल्ला तहका कार्यकर्ता भने गतिला र राम्रा रेष्टुरेन्ट पस्छन् ।

सिन्धुपाल्चोक, रामेछाप र सिन्धुलीका सदरमुकाम तथा स्थानीय स–साना बजार पछिल्लो दिन यिनै ग्राहकले गुल्जार छन् ।

स्थानीय होटल ब्यवसायीका अनुसार चुनावको दिन नजिकिँदै जाँदा मदिराको खपत ह्वात्तै बढेको छ ।

मदिरा डिलर खपत सञ्चालक भन्छन्, ‘मागअनुसार पुर्याउनै हम्मे छ ।’

चौतारा साँगाचौकगढी नगरपालिकामा मात्रै मदिरा बेच्ने २४ वटा होटल छन् भने सात वटा मदिराका डिलर । त्यस्तै बाह्रबिसेमा ४ र मेलम्चीमा ८ मदिरा वितरक छन् ।

स्थानीय व्यवसायीका अनुसार पछिल्ला दिन प्रमुख तीन नगरपालिकामा मदिराजस्ता पेय पदार्थको बिक्री बढेको छ । (कान्तिपुर दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ