arrow

डोनाल्ड ट्रम्पले एफबीआइका निर्देशक कोमीलाई पनि बर्खास्त गरे 

logo
प्रकाशित २०७४ वैशाख २७ बुधबार

ह्वाइटहाउस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय जाँच ब्यूरो एफबीआइका निर्देशक जेम्स कोमीलाई पनि बर्खास्त गरेका छन् ।

आफ्नी राष्ट्रपतिकी प्रतिस्पर्धी तथा पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनको इमेल छानबिन मुद्धामा गल्ती गरेको भन्दै टम्पले कोमीलाई हटाएका हुन् । 

योसंगै ह्वाइटहाउसले वासिंगटनलाई ठूलो झड्का दिएको भन्दै अमेरिकाभर आलोचना चुलिएको छ । 

एफबीआइले कोमीको नेतृत्वमा ट्रम्पको चुनावी अभियान र रुससँगको साँठगाँठबारे लागेका आरोपमाथि अनुसन्धान गरिरहेको थियो ।

चार वर्ष अघि नियुक्त भएका कोमीको कार्यकाल अझै ६ वर्ष बाँकी रहे पनि ट्रम्पले चिठी लेख्दै जेफ सेसनको सिफारिसलाई अनुमोदन गर्दै कोमी तिमी अब एफबीआइ ब्यूरो चलाउन उपयुक्त नभएको बताएका छन् । 

ह्वाइटहाउसले छिट्टै लायक प्रमुख खोज्ने पनि जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ