arrow

आमिर-सना नजिकिएसँगै तनावमा श्रीमती 'किरण'

logo
प्रकाशित २०७४ वैशाख २७ बुधबार
amir-sanas.jpg

एजेन्सी। बलिउड चलचित्र 'दंगल'बाट चर्चामा आएकी फातिमा सना शेख पुन चर्चामा आएकी छन्। उनको चर्चा अहिले चलचित्रबाट नभएर आमिरसँगको सम्बन्धलाई लिएर भएको हो। जसको सोझो असर आमिरकी श्रीमती  किरण रावलाई परेको बताइएको छ। भारतिय सञ्चार माध्यमका अनुसार  फातिमा सना शेखको विषयलाई लिएर आमिर र किरणबीच झगडा सुरु भएको छ।

पछिल्लो समय 'दंगल'मा छोरी बनेकी सना प्रति आमिर निकै सकरात्मक रहेका छन्। साथै उनि सनासँग चलचित्र 'ठग अफ हिन्दुस्तान' मा पनि देखिनेछन्। चलचित्र  ''दंगल' ' मा आमिर र सनाबीच बुबा-छोरीको सम्बन्ध रहेको थियो भने 'ठग अफ हिन्दुस्तान'मा दुबैले रोमान्स गर्नेछन्।  

२५ बर्षिय फातिमा सनालाई यस कुरामा भने कुनै अनौठो नलागेको बताएकी छन्।  उनले भनिन् , मलाई थाहा छ मानिसहरुले मेरो बारेमा फरक तरिकाले सोच्ने छन्। म एक अभिनेत्री हुँ। यदि म 'दंगल'मा उनको छोरी बन्ने थिइन् र मलाई यहि रोल नै अफर गरिएको भए पनि म आमिरसँग काम गर्ने थिए। 'सना र आमिरबीचको रोमान्स दर्शकले कतिको मन पराउने हुन् त्यो त आउदो समयले देखाउनेछ।

तर अहिलेको अवस्थामा  सनासँगको आमिरको घट्दो दुरीले श्रीमती किरण राव डराएकी छन्। आमिर किरन भन्दा सनामाथि निकै ध्यान दिइरहेका छन्। उनि सनासँगै दिन बिताउने गरेका छन्। साथै  आमिरकै स्विकृतिमा सनालाई यशराज ब्यानरको 'ठग अफ हिन्दुस्तान' मा स्थान दिइएको बताउने गरिएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ