arrow

जनार्दनको जिल्ला रुकुममा माओवादीको एेतिहासिक रेकर्ड (विवरण सहित)

logo
प्रकाशित २०७४ जेठ ४ बिहिबार
rukum.png

काठमाडौं। रुकुम जिल्लामा नेकपा माओवादी केन्द्रले ऐतिहासिक सफलता हाँसिल गरेको छ। स्थानीय तहको निर्वाचन २०७४ को पहिलो चरणमा भएको निर्वाचनमा केन्द्रका उम्मेदवारहरुले रुकुमका सबै स्थानीय तहहरुमा विजय हाँसिल गरेको छ।

कूल ६ वटा स्थानीय तह रहेको रुकुममा ६ वटै स्थानीय तहहरुमा माओवादीका उम्मेदवारहरु विजयी भएका छन्। माओवादीका प्रभावशाली नेता एवं उर्जामन्त्री जनार्दन शर्माले संविधानसभा निर्वाचनमा विजय हाँसिल गरेको जिल्ला हो। 

यससँगै सबै जिल्ला एउटै पार्टीको पकडमा आएको रेकर्ड पनि माओवादीले बनाएको छ। कूल १ सय ७५ वटा स्थानीय तहको मत परिणाम आउनेबेलासम्ममा माओवादीले देशभरका ६ नगरपालिका र ३६ गाउँपालिका सहित कूल ३२ स्थानमा विजय हाँसिल गरिसकेको छ। त्यसमध्ये पनि रुकुमको ३ नगरपालिका सहित कूल ६ वटा स्थानीय तहमा माओवादी विजयी बनेको हो। 

जसमध्ये मुसिकोट नगरपालिकाको मेयरमा    देवीलाल गौतम ९४,३५००, चौरजहारी नगरपालिकामा विशल शर्मा ९५,४२००, आठबिसकोट नगरपालिकामा गोर्खबहादुर केसी ९५,६२९०, बाँफिकोट गाउँपालिकामा धर्मबहादुर केसी ९३,५६८०, सानीभेरी गाउँपालिकामा नरबहादुर पुन ९४,६५०० र त्रिवेणी गाउँपालिकामा झक्कुप्रसाद घर्ती ९३,९५८० विजयी भएका हुन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ