arrow

संसदमा कुर्लिए विपक्षी सांसद : चुनाव निष्पक्ष भएन, छानविन हुनुपर्छ

logo
प्रकाशित २०७४ जेठ ४ बिहिबार
sansad-nirwachan.jpg.jpeg

काठमाडौं । सत्ताको विपक्षमा रहेका दलसँग सम्बन्धित सांसदले चुनाव निष्पक्ष नभएको भन्दै छानविन गर्न माग गरेका छन् । विहिबार बसेको संसद बैठकमा बोल्दै प्रमुख विपक्षी दल एमाले सांसदले वैशाख ३१ गते भएको स्थानीय चुनाव निष्पक्ष र धाँधलीरहित हुन नसकेको भन्दै संसदीय छाननिनको माग गरे ।

एमाले सांसद राजेन्द्र पाण्डेले चुनावमा सत्तापक्षले आफूअनुकुल काम गरेको आरोप लगाए । कड्किँदै उनले भने,  ‘हतियार बोकेर हिँडेकालाई समात्दासमेत प्रहरी अधिकारीकै सरुवा गरियो । दोलखा, धादिङ, कालिकोटमा नागरिकले गोली खाएका छन् ।  दोषीमाथि कारबाही हुनुपर्छ । सत्य तथ्य बाहिर आउनुपर्छ ।’

राप्रपा संसदीय दलकी प्रमुख सचेतक एवं सांसद कुन्तीकुमारी शाहीले समेत  चुनाव निष्पक्ष हुन नसकेको अवाज उठाइन् । उनले भनिन्, ‘चुनाव निष्पक्ष हुन सकेन । सरकारले बल प्रयोग गरेको छ । नागरिकले न्याय नपाउने पनि कँही हुन्छ । कि पहुँच भएकाले मात्रै न्याय पाउने हो ।’

यसैबीच, व्यवस्थापिका संसदको अधिवेशन विहीबारबाट अन्त्य भएको छ । यो नेपालको संसदीय इतिहासमै सबै भन्दा लामो समय रहेको अधिवेशन हो । २०७३ सालको वैशाख २१ गते सुरु भएको यो अधिवेशन लगातर अहिलेसम्म चलिरहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ