arrow

भक्तपुरका चारै स्थानिय तहमा मतगणना जारी, सूर्यविनायकमा काँग्रेस अघी

भक्तपुर र चाँगुनारायणमा नेमकिपा र मध्यपुरमा एमाले अघी

logo
प्रकाशित २०७४ जेठ ४ बिहिबार
bhaktapur_district_map.png

भक्तपुर। स्थानिय तहको निर्वाचनमा भक्तपुरका ४ स्थानिय तहमा ३ दल अगाडी देखिएका छन। भक्तपुर र चाँगुनारायणमा नेमकिपा अगाडी देखिएको छ। मध्यपुरमा काँग्रेस र एमालेबीच कडा प्रतिष्पर्धा देखिएको छ। बिहिवारदेखि भने मध्यपुरमा एमालेले अग्रता लिएको छ।  सूर्यविनायकमा भने काँग्रेसले अग्रता लिएको छ। 

सूर्यविनायकमा काँग्रेसका मेयरका प्रत्यासी बिष्णु कार्की निकटतम प्रत्यासी भन्दा करिव १ हजार मतले अगाडी छन्। कार्कीले  ६ हजार ४ सय २ मत ल्याउँदा एमालेका वासु थापाले ५ हजार ४ सय ११ मत ल्याएका छन्। 

उपमेयरमा भने एमाले अगाडी छ। एमालेका नुना बस्नेतले ५ हजार ६ सय ९ मत ल्याउँदा काँग्रेसकी कल्पना राजथलाले ४ हजार ७सय ११ मत ल्याएकी छिन्। 

मध्यपुरमा एमालेका मदनसुन्दर श्रेष्ठले ६ हजार २ सय ७३ मत ल्याएका छन भने काँग्रेसका अष्ट कवेले ४ हजार ९ सय ७५ मत ल्याएका छन्। 

उपमेयरमा भने काँग्रेसकी अञ्जना मधिकर्मीले ४ हजार ५ सय २२ मत ल्याउँदा नेमकिपाका केदार खड्काले २हजार ३ सय ६४ मत ल्याएका छन्। 

भक्तपुरमा नेमकिपाका सुनिल प्रजापतिले २३ हजार १ सय ६५ मत ल्याउँदा काँग्रेसका ५हजार ६ सय १५ मत ल्याएका छन्। उपमेयरमा नेमकिपाका रजनी जोशीको १८ हजार ९ सय २५ ल्याउँदा काँग्रेसकी गंगालक्ष्मी अवालको ५ हजार ६३ मत रहेको छ। 

चाँगुनारायणमा पनि मतगणना भइरहेको छ। यहाँ नेमकिपा अगाडी रहेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ