arrow

'विराटनगरमा सुरु भो मतदान', बदर मतको दर घटाइने

logo
कुमोद अधिकारी,
प्रकाशित २०७४ जेठ ५ शुक्रबार

विराटनगर । आउँदो जेठ ३१ गते हुन लागेको दोश्रो चरणको स्थानीय तहको निर्वाचनलाई कलक्षित गर्दै क्षेत्रीय निर्वाचन कार्यालयले विराटनगरमा नमुना मतदान गरेको छ ।

मतदाता शिक्षा कार्यक्रम अन्तर्गत मतदाताहरुलाई मतदान प्रयोग गर्ने विषयमा जानकारी गराउन नमुना मतदान गरिएको हो ।
पहिलो चरणमा भएको निर्वाचनमा धेरै मत बदर भएपछि क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरले मतदातालाई मतहाल्ने प्रक्रियाबारे जानकारी दिन नमुना मतदान गरेको जनाएको छ ।

कार्यालयका कर्मचारीले मतदातालाई मत हाल्ने प्रक्रिया, स्वस्तिक छापको प्रयोग र मतपत्र मोडने विधिका बारेमा जानकारी गराए ।

पहिलो चरणको स्थानीय निकायको निर्वाचनमा मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नहुँदा काठमाडौं महानगरमा कुल मत मध्ये गणना भएको मतको सात प्रतिशत मत बदर भएको सार्वजनिक भएको थियो ।

नमुना मतदान कार्यक्रममा विराटनगरका मतदाता उत्साही देखिए । पहिलो चरणमा मुलुकका तीन प्रदेशमा स्थानीय तहको निर्वाचन भइसकेको छ

दोश्रो चरण अन्तर्गत चार प्रदेशमा जेठ ३१ गते स्थानीय तहको चुनावको मिति तय भएसँगै निर्वाचन कार्यालय विराटनगरले आफनो कामलाई तीब्रता दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ