arrow

काठमाडौं महानगरमा खुल्यो काँग्रेसको खाता

logo
प्रकाशित २०७४ जेठ ५ शुक्रबार
KTM_m.jpg

काठमाडौं । सार्वजनिक चाँसोको काठमाडौं महानगरपालिकामा काँग्रेसले बल्ल खाता खोलेको छ । काठमाडौँ महानगरको २८ नम्बर वडामा जित हासिल गर्दै खाता खोलेको हो । अहिलेसम्म मतगणना सकिएका मध्ये अधिकांश एमालेले नै जितेको छ ।

२८ नम्बर वडामा काँग्रेस उम्मेद्वार भाइराम खड्की विजयी भए । खड्कीले १२ सय ६ मत ल्याए । निकटतम प्रतिस्पर्धी एमाले उम्मेदवार मदुसुधन तण्डुकारले ११ सय ३ मत ल्याए ।

महिला सदस्यमा सुनिता तण्डुकारले ११ सय ६८ मत ल्याएर जितिन् । यस्तै, दलित महिला सदस्यमा ललिता कार्की दली ११ सय ५ मत ल्याएर विजयी भइन् । यस्तै, रुपक कार्कीले हजार ७८ मत ल्याए । एमालेका देभेन्द्र खड्कीले ११ सय ३ मत पाए । २८ नम्बर वडा बागबजार, पुतली सडक लगायतका क्षेत्र मिलाएर बनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ