arrow

भरतपुरको मतगणनामा बारम्बार किचलो, कम्युटर अपरेटरमाथि शंका

logo
प्रकाशित २०७४ जेठ ५ शुक्रबार
Renu-Dahal_devi_Gyawali.jpg

चितवन । भरतपुर महानगरको मतगणनामा बारम्बार किचलो भइरहेको छ । ९ नम्बर वडाको मतपरिणाम सार्वजनिक गर्ने बेलामा पनि त्यस्तै किचलो भएको छ । मत गणनानै प्रभावित हुनेगरी किचलो भएको बताइएको छ ।

९ नम्बरमा मेयरले पाएको मत संख्या तलमाथि भएको भन्दै विवाद सिर्जना भएको बताइएको छ । ९ नम्बर वडामा आफुले नै जित्ने भएपनि एमालेले बखेडा झिकेको बताइएको छ । यसअघि कम्युटरमा मत संख्या ट्याली गर्नेले रेणु दाहालको मत जोड्न छुटाएको भन्दै किचलो भएको थियो ।

माओवादी जिल्ला ईन्चार्ज ईश्वरी भट्टराईले भने, ‘कम्युटरमा संख्या जोड्नेले छुटाएपछि शंका लाग्यो हामीले जिल्ला निर्वाचन अधिकारी श्रीमान्लाई भनेपछि पछि केही सुधार भो । कम्युटरवालालाई नै फेरौँ भन्ने आवाज पनि उठेको थियो ।’ फेरि पनि त्यस्तै केही विवाद भयो होला ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ