arrow

म्यादी प्रहरी र प्रहरीकै पर्‍यो फाइट, म्यादी कुटेको झोंकमा चौकी फोडेर चौपट

logo
प्रकाशित २०७४ जेठ ५ शुक्रबार
pyuthan_news.jpg

प्यूठान  । स्थानीय तहको चुनावका लागि खटिएका म्यादी प्रहरीले प्रहरी चौकीमै तोडफोड गरिदिएका छन् । प्रहरी र म्यादी प्रहरीबीच विवाद हुँदा चौकी तोडफोड भएको हो ।

झिमरुक गाउँपालिका अन्तर्गत मतदान केन्द्रमा खटिएका म्यादीलाई प्रहरीले कुटेको भन्दै म्यादी प्रहरीले तोडफोड गरिदिएका हुन् ।

तालिमका क्रममा प्रहरी सहायक निरीक्षकले म्यादी प्रहरी हरि विक्रम केसीलाई छातीमा हानेको झोंकमा म्यादी प्रहरी चौकीमाथि खनिए ।

प्रहरीले कुटेका केसीको स्वर्गद्वारी लाइफ केयर हस्पिटल बाग्दुलामा उपचार भइरहेको छ । आपसी विवाद मिलाउन नसक्दा प्रहरी र म्यादी प्रहरीबीच कुटाकुट समेत भयो ।

कुटाकुट भएपछि झन् उग्र भएका म्यादी प्रहरीले कार्यालयमा ढुंगामुढा प्रहार गरे । ढुंगा बर्साएपछि चौकीका झ्याल ढोकाको सीसा फुटेका छन् । तोडफोड गरेर म्यादी प्रहरीले अन्य सामग्री समेत चौपट पारेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ