arrow

प्रवासबाट चितवनको सम्झना (भिडियो)

logo
प्रकाशित २०७२ पुष १८ शनिबार
Chitwan-Video.jpg.jpeg
काठमाडौँ । हरेक मानिसलाई आफ्नो जन्मभूमि प्राणभन्दा प्यारो लाग्छ नै । त्यही प्राण सरी जुनी जुनीसम्म आफ्नो जन्मभूमीलाई माया गरीरहने प्रण गरेका चितवनका संगीतकर्मी हुन् तुला पर्वत । यस अघि नै ९ वटा भिडियो बजारमा ल्याइसकेका तुलाले नयाँ वर्षको कोशेली स्वरुप आफ्नो १० औँ भिडियो हाम्रो चितवन आजमात्रै सार्वजनिक गरेका छन् ।

चितवनको सेरोफेरोमा डुबेर तुलाले तयार गरेको ५ मिनेट लामो भिडियोमा उनले समग्र नेपाललाई आफुले भिडियोमा अटाएको बताउँछन् । भन्छन् चितवन मेरो मात्रै नभई ३ करोड नेपालीको अन्नको भण्डार हो । जहाँ आजसम्म बाँचेका छौँ यही माटोको भरमा, माना पाथी फलाउँदै पुर्याउँछौँ सबको घरमा ।पछिल्लो समय मुलुकमा देखिएको विषम परिस्थितिमा उनले आफ्नो जन्मस्थल तथा मातृभुमीको स्मरण र महत्वका लागी पनि आफुले मातृभुमीसँ सम्बन्धित गीत बनाउन लागीपरेको बताउँछन् ।
 
चितवन आफ्नो जन्मस्थल मात्रै नभएर यसमा कैयौँ उनका जिवनका र समग्र नेपालकै आयामहरु जोडीएकाले पनि यसको महत्वलाई जिवन्त राख्न र विश्वसामु पुर्याउन पनि भिडियोमा यहाँका दृश्यहरु देखाउन खोजेको उनको तर्क छ । उनले आफ्ना दर्शक श्रोतालाई हाम्रो चितवन बोलको गीतलाई कुनै स्थान विशेषको तरिकाले नहेरीकन विशुद्ध मातृभुमीका रुपमा यसलाई ग्रहण गरिदिनुहुन समेत अनुरोध गरेका छन् ।
 
यसअघि पनि राष्ट्रिय भावनाले ओतप्रोत गीतहरु बजारमा ल्याईसकेका पर्वतले नै यस गीतमा शब्द, संगीत, आवाज र अभिनय समेत गरेका छन् । अभिनयमा उनलाई प्रशंसा पौडेलले साथ दिएकी छिन् । संजय घिमिरेले निर्देशन गरेको भिडियोको निर्देशन कन्सेप्ट स्वयम गायककै हो । जसको छायांकन उमंग शाही टूकेले गरेका छन् भने सम्पादन भरत रेग्मीको रहेको छ । भिडियोलाई वाइड स्क्रिन मिडिया प्रालीले बजारमा ल्याएको हो ।
 
कामको शिलशिलाका परदेशीएका चितवनका तुलाले यसअघि पनि राष्ट्रिय भावनाले ओतप्रोत गीतहरु मार्फत आफुलाई प्रस्तुत गरिसकेका छन् । भन्छन् म बाँचुन्जेलीलाई हो सांगीतिक कर्म त्यसैले यसलाई सामान्य रुपमा लिन्न । यसको मर्म र धर्म बुझेर काम गर्नेछु ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ