arrow

सुमार्गीको साढे तीन अर्ब रुपैयाँ फुकुवा गर्न कस्सिए प्रचण्ड

logo
प्रकाशित २०७४ जेठ ६ शनिबार

काठमाडौं । आफू निकट व्यापारी अजय सुमार्गीले विदेशबाट ल्याएको साढे तीन अर्ब रुपैयाँ फुकुवा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अन्तिम प्रयास गरेका छन् ।

प्रधानमन्त्री पदबाट राजीनामा दिनुभन्दा अगाडि उनले यस्तो प्रयास गरेका हुन् । 

करिब चारबर्ष देखि सुमार्गीले बिदेशबाट ल्याएको रकमलाई नेपाल राष्ट्र बैंकले ‘कालो धन’ को आशंकामा रोक्का गरिदिएको छ ।

उनले ब्रिटिस भर्जिन आइल्यान्ड र साइप्रसबाट सो रकम भित्र्याएका थिए ।

रोकिएको रकमबाहेक थप आठ अर्ब रुपैंयाँ नेपाल ल्याउन दिने पहल पनि प्रधानमन्त्री दाहालले थालेको उच्च सरकारी स्रोतले जनाएको छ ।

आगामी सोमबार राजीनामा दिने तयारी गरिरहेका दाहालले त्यसअघि नै सुमार्गीको रकम फुकुवा गर्न लागेका हुन् । गत बर्ष प्रधानमन्त्री बन्ने बित्तिकै दाहालले सुमार्गीको रकम फुकुवाका लागि पहल गरेका थिए ।

उनले त्यसबेला प्रधानमन्त्री कार्यालयका सचिबहरुलाई बोलाएर रकम फुकुवा गर्न पहल गरे पनि असफल भएका थिए ।

सुमार्गीले आफ्ना दुई कम्पनीको चुक्ता पुँजी बढाउनका लागि भन्दै ‘ट्याक्स ह्याभेन’ मुलुकबाट ऋणका रुपमा सो रकम ल्याउन लागेका हुन् ।

नेपाल स्याटेलाइट टेलिकम र मुक्तिश्री सिमेन्ट उद्योगका लागि उनले ल्याउन लागेको रकम ‘कालो धन’ भएको आशंका छ । (नागरिक दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ