arrow

स्थानीय तहको नेतृत्वमा महिला संख्या कति ?

logo
प्रकाशित २०७४ जेठ ६ शनिबार
election_local4.jpeg

काठमाडौँ । शुक्रबार रातिसम्म  परिणाम आएका २५३ तहमध्ये ११ प्रमुख र २२४ उपप्रमुखमा महिला निर्वाचित भएका छन् ।

महानगरको मेयरमा भिडेका महिला रेणु दाहाल चितवनको भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहाल प्रतिस्पर्धामा छिन् । 

माओवादी केन्द्रबाट उम्मेदवार बनेकी उनले एमालेका देवी ज्ञवालीसँग चर्को प्रतिस्पर्धा गरिरहेकी छिन् । 

शुक्रबार मध्यरातिसम्म ज्ञवालीले १५१५५ मत पाउँदा रेणुले १४८०९ मत प्राप्त गरेकी छिन् । 

३४६ मतले पछाडि रहेकी रेणुले बाजी मारिन् भने उनी महानगरको पहिलो महिला मेयर बन्नेछिन् । 

काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिएर एकाएक चर्चामा आइन् रञ्जु न्यौपाने ‘दर्शना’ । विवेकशील नेपाली दलबाट मैदानमा उत्रिएकी उनी अहिलेसम्मको मतगणनामा तेस्रो स्थानमा छिन् ।

शुक्रबार मध्यरातिसम्म उनले ५,२६२ मत पाएकी छिन् । एमालेका विद्यासुन्दर शाक्यले १३,१८४ र कांग्रेसका राजुराज जोशीले ९,०८१ मत प्राप्त गरेका छन् । (नयाँपत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ