arrow

काठमाडौंको बानियाँटार दुर्घटनामा एक जनाको मृत्यु

logo
प्रकाशित २०७४ जेठ ६ शनिबार
accident-final.jpeg

काठमाडौँ । शनिबार बिहान स्थानीय बानियाँटारमा ट्रकले ठक्कर दिँदा एक जनाको घटनास्थलमा मृत्यु भएको छ । 

बिहान ५ बजेतिर बाटामा हिँडिरहेको अवस्थामा तीव्र गतिमा आएको मिनीट्रकले ठक्कर दिँदा तनहुँ व्यास नगरपालिका घर भई हाल बानियाँटार बस्दै आएका ३५ वर्षीय ऋषिराम पण्डितको मृत्यु भएको हो । 

उनलाई बा २ ख ५७३० नंको मिनीट्रकले ठक्कर दिएको स्थानीयवासी मधुसूदन ढकालले जानकारी दिए । 

ढकालका अनुसार ट्रक र चालकलाई अहिले महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले नियन्त्रमा लिएको छ । 

घटनाको विरोधमा अहिले बानियाँटार क्षेत्रमा चल्ने सवारीसाधनलाई समेत चल्न रोक लगाइएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ