arrow

काठमाडौं महानगरमा वडाको भाग : एमालेलाई तीन पर्दा काँग्रेसलाई एक

logo
प्रकाशित २०७४ जेठ १० बुधबार
kathmandu-mahanagarpalika-metro.png

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मत गणनणा अझै जारी छ । ४, १८ र ३२ नम्बर वडामा एमाले समूहसहित विजयी भएको छ, भने २० नम्बर वडामा नेपाली काँग्रेस पनि समूहसहित विजयी भएको छ ।

एमालेका मोहनबहादुर श्रेष्ठले तीन हजार ८ सय १३ मत ल्याउनु भयो । निकटतम प्रतिस्पर्धी काँग्रेस उम्मेदवार अनिशराम शर्माले तीन हजार ४ सय ८० मत ल्याए ।

एमालेबाटै महिला सदस्यमा सरु अधिकारीले चार हजार ३२ , दलित महिला सदस्यमा कल्पना सार्की नगरकोटीले तीन हजार ९ सय ३९, खुल्ला सदस्यमा दिनेश महर्जनले चार हजार १०० र ध्रुवप्रसाद त्रिपाठीले तीन हजार ८ सय ७९ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।

१८ मा एमाले

१८ मा पनि एमालेकै समूह निर्वाचित भएको छ । वडाध्यक्षमा न्युच्छेकाजी महजर्नले एक हजार ५६ मत प्राप्त गरी विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिस्पर्धी काँग्रेसका राजन महर्जनले ७ सय ८५ मत प्राप्त गरे ।

एमालेकै तर्फबाट सो वडाको महिला सदस्यमा हेराशोभा डङ्गोल महर्जनले ११ हजार १ सय २५, खुला सदस्यद्वयमा हेमज्योति शाक्यले एक हजार ४५ र रचना शर्माले ९ सय २४ मत ल्याएर विजयी भए । दलित महिला सदस्यमा भने उम्मेदवारी परेको थिएन ।

२० नेपाली काँग्रेस
कामनपामा २० नम्बर वडामा राजेन्द्र मानन्धरको समूह नै निर्वाचित भएको छ । मानन्धरले ८ सय ७६ मत ल्याएर एमालेका उम्मेदवार विजयकृष्ण श्रेष्ठलाई उछिनेका हुन् ।

श्रेष्ठले ८ सय  ४९ मत ल्याए । महिला सदस्यमा शोभादेवी मानन्धरले ९ सय ३३ र दलित महिला सदस्यतर्फ मञ्जु मकैयाले एक हजार ५३ खुला सदस्यद्वयमा अनेश चित्रकारले एक हजार २०६ र रशेल श्रेष्ठले ७ सय ६५ मत प्राप्त गरी निर्वाचित भए ।

३२ मा एमाले

महानगरको वडा नम्बर ३२ मा एमालेकै नवराज पराजुलीले पाँच हजार ८ सय ७९ मत ल्याए । निकटतम प्रतिस्पर्धी काँग्रेस उम्मेदजार कृष्णबहादुर केसीले चार हजार १९ मत प्राप्त गरे ।

एमालेकै तर्फबाट वडाको महिला सदस्यमा सरिता दाहाल पाँच हजार ९ सय ४ र दलित महिला सदस्य सीता विसङ्खेले पाँच हजार ८ सय ६४ मत ल्याए ।

यसैगरी, खुला सदस्यतर्फ राजेन्द्र न्यौपानेले पाँच हजार ६ सय ८० र हिरादेवी पोखरेलले पाँच हजार ४ सय ३४ मत ल्याए । महानगरपालिकाको १, २, ३, ४, ५, १८, १९, २०, २२, २३, २४, २५, २६, २७, २८, २९, ३०, ३२ वडाको मत गणना सम्पन्न भइसकेको छ भने ६, ७, ८, ९, १०, ११, १२, १३, १४, १५, १६, १७, २१ र ३१ वडाको मत परिणाम आउन बाँकी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ