arrow

संसद फेरि भाँडियो : स्थानीय तह थप्ने निर्णय फिर्ता नलिए एमालेले फिटिक्कै केही गर्न नदिने

logo
प्रकाशित २०७४ जेठ ११ बिहिबार

काठमाडौं । प्रतिपक्षी एमालेले संसदको काम कारबाही अघि बढ्न नदिने भनेपछि संसद बैठक फेरि स्थिगित भएको छ । अपरान्ह राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि आधा घण्टापछि बस्ने भनेर रोकिएको बैठक शुक्रबार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको हो ।

प्रमुख विपक्षी एमालेले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिएपनि सरकारले तराई मधेसमा स्थानीय तह थप्न गरेको निर्णय फिर्ता नलिएसम्म संसदको बाँकी काम कारबाही अघि बढ्न नदिने बताएको छ ।

भवनबाट बाहिरिँदै एमाले नेता माधव कुमार नेपालले भने, ‘सरकारले स्थानीय तह थप्न गरेको निर्णय फिर्ता नभएसम्म सदनको काम कारबाही चल्न दिदैनौँ ।’ अनावश्यक निर्णयहरु गर्न पाइँदैन ।

नेता नेपालले भने, ‘तीन वटा प्रदेशमा एउटा मापदण्डले निर्वाचन भो अरुमा फरक गरेर छिर्के मिर्के निर्वाचन गर्न त पाइएन नि !’ यस्तै एमाले सांसद गोकर्ण विष्टले कुनै एकाध व्यक्तिले ब्ल्याकमेलिङ गर्दैमा स्थानीय तह थप्न मिल्छ ? भनेर प्रश्न गरे । उनले भने, ‘यो निर्णय तुरुन्त फिर्ता गरिनु पर्दछ । गर्नु नै छ भने पछि गरे हुन्थ्यो  । यो चुनाव प्रभावित पार्ने गरि गरिएको निर्णय कुनै पनि हालतमा स्वीकार्य छैन ।’ विरोध कायमै रहन्छ ।  

यसअघि तत्कालीन स्थानीय विकास मन्त्री कमल थापाले ११ जिल्लामा स्थानीय तह बढाउन भनि गरेको पत्राचार सरकारले फिर्ता लिएको थियो । विष्टले आफुहरुलाई नसोधेको र पेलेर जान खोजेको आरोप समेत लगाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ