arrow

एमालेले फेरि संसद् भाँड्यो

logo
प्रकाशित २०७४ जेठ १२ शुक्रबार
samsad-new.jpeg

काठमाडौँ । सभामुख ओनसरी घर्तीको पटकपटकको आग्रहलाई अस्वीकार गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा९एमाले०ले सदन अवरोध गरेपछि व्यवस्थापिका–संसद्को बैठक शुक्रबार पनि संसद चल्न सकेन । बैठक शनिबार १ बजेसम्मका लागि स्थगित गरिएको छ ।

आज बिहान ११ बजेका लागि तय भएको पहिलो बैठक पुनःअपराह्न ४ बजेका लागि तय भएको थियो । दोस्रो पटक बैठक सुरु हुनेबित्तिकै एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले आफूहरुले उठाएको माग सम्बोधन नहुँदासम्म बैठक चल्न नसक्ने बताए ।

उनले स्थानीय तहको निर्वाचनको पहिलो चरण सम्पन्न भएका सन्दर्भमा स्थानीय तहको सङ्ख्या थप भएको, प्रधानन्यायाधीश माथिको महाअभियोगको प्रस्ताव फिर्ता नभएको, स्थानीय तहको पहिलो चरणको निर्वाचनको समयमा भएको भनिएको अनियमितताको छानबिनका लागि संसदीय समिति गठनलगायतका विषयमा सरकारले आफ्नो धारणा सार्वजनिक नगरेको भन्दै आपत्ति जनाए ।

सभामुख घर्तीले प्रमुख प्रतिपक्षीले उठाएको मागका सम्बन्धमा आफ्नो ध्यानाकर्षण भएको भन्दै आशन ग्रहण गर्न पटकपटक आग्रह गरेपनि प्रतिपक्षले अस्वीकार गरिदियो ।

सभामुखले बिहीबार आगामी आर्थिक वर्ष २०७४–०७५ का लागि सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गर्नुभएको र उहाँलाई धन्यवाद ज्ञापन गर्नसमेत संसद्को बैठक चलाउनुपर्ने संवैधानिक बाध्यता रहेको जानकारी दिइन् ।

उनले सरकारको नीति तथा कार्यक्रम पारित नभइकन आगामी आवको बजेट ल्याउन नपाउने तथा यही जेठ १५ गते बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यता भएकाले सदन चल्नुपर्ने अवस्था रहेको भन्दै आशन ग्रहण गर्न प्रतिपक्षी दललाई अनुरोध गरिन् ।

सभामुखको पटक–पटकको आग्रहलाई प्रतिपक्षी दलले अस्वीकार गर्दै आशन ग्रहण नगरेपछि शनिबार १  बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिइयो । सदन खुलाउने विषयमा संसद् भवन नयाँ बानेश्वरमा नै प्रमुख दलहरुबीच छलफल भए पनि कुनै प्रगति हुन सकेन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ