arrow

एमालेको मन खुस् : संसद् चल्यो, नीति तथा कार्यक्रम टेबुल

logo
प्रकाशित २०७४ जेठ १३ शनिबार
samsadhall.jpeg

काठमाडौँ । व्यवस्थापिका–संसद्को अवरोध खुलेको छ  । शनिबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्बोधन गरिएको सरकारको नीति तथा कार्यक्रमको प्रति सदनसमक्ष टेबुल गरे ।

राष्ट्रपति भण्डारीले जेठ ११ गते संसद्मा नीति तथा कार्यक्रम पेश गरेकी थिइन् । बैठकमा माओवादी केन्द्रका मुख्य सचेतक टेकबहादुर बस्नेतले सो सम्बोधनका लागि राष्ट्रपतिसमक्ष धन्यवादको प्रस्ताव पेस गरे ।

सो प्रस्तावमा नेपाली काँग्रेसका चीनकाजी श्रेष्ठले समर्थन गरे । तत्पश्चात सो प्रस्तावबारे छलफल गर्न सभामुख ओनसरी घर्तीले यही जेठ १३ र १४ गतेको दिन तोकिन् ।

राष्ट्रपति भण्डारीसमक्ष प्रधानमन्त्री दाहालले यही जेठ १० गते दिनुभएको राजनीनामाबारे प्राप्त पत्रको व्यहोरा शनिबारको बैठकमा सभामुख घर्तीले सुनाइन् । सत्ता पक्ष र प्रमुख प्रतिपक्षबीच सहमतिपछि शनिबारदेखि संसदको अवरोध हटेको हो ।  एमालेले सरकारले तराईमा स्थानीय तह बढाउन गरेको निर्णय र प्रधानन्यायाधीशमाथि ल्याएको महाभियोग फिर्ता लिन भन्दै सदन अवरुद्ध गर्दै खाएकामा सरकारको निर्णय सर्वोच्चले रोकेको छ भने महाभियोग फिर्ता लिने सहमति भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ