arrow

रुस र स्लोभाकिया युरोकपका लागि छनोट

logo
हाम्रा कुरा
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1554946851.jpeg

एजेन्सी । रुस र स्लोभाकिया युरोकप खेल्न पाउने भएका छन् । सोमबार राति भएका खेलमा विजयी हुँदै यी दुईले युरोकप यात्रा तय गरेका हुन् । रुसले मोन्टेनेग्रोलाई २–० ले हराउँदै समूह ‘जी’को उपविजेता बनेर युरोकप यात्रा पक्का गरेको हो । लग्जेम्वर्गलाई ४–२ ले हराएको स्लोभाकिया समूह ‘सी’को उपविजेता बन्दै पहिलो पटक युरोकपका लागि छनोट भयो ।

यस्तै स्वीडेनले माल्दोभालाई २–० ले हराएको छ । स्लोभेनियाले सान मारिनोलाई समान २–० हरायो । बेलारुस र मेसेडोनियाले गोल रहित बराबरी गर्दा युरो कपमा छनोट भएको स्पेनले युक्रेनलाई १–० ले हरायो । यस्तै, आउँदो वर्ष फ्रान्समा हुने युरोकप यात्रा तय गरिसेकको स्वीट्जरल्याण्डले स्टोनिया तथा अस्ट्रियाले लिचिटेंस्टिनलाई पराजित गरेको छ ।

२४ टोली सहभागी हुने युरोकप २०१६ का लागि अहिलेसम्म १८ राष्ट्र छनोट भइसकेका छन् । मंगलबार छनोट खेल सकिने छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ