arrow

राखेपमा नयाँ सदस्य नियुक्त, शपथ पनि खाइहाले

logo
प्रकाशित २०७४ जेठ १४ आइतबार
Rakepa.jpg

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेपमा नियुक्त भएका सदस्यद्वय अर्जुनबहादुर केसी र सुदील शाहीले आइतबार शपथ ग्रहण गरेका छन् । राखेपका अध्यक्ष युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपालीले सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सदस्यद्वयलाई पद तथा गोपनीयताको शपथ खुवाए ।

गत ८ गतेको मन्त्रीपरिषद् बैठकले केसी र शाहीलाई राखेपमा रिक्त रहेको दुई सदस्य पदमा मनोनित गरेको थियो । तत्कालीन सदस्यद्वय शिवबहादुर बस्नेत र नारायणप्रसाद पौडेलको पदावधी सकिएपछि दुई सदस्य पद रिक्त थियो ।

अखिल नेपाल खेलकुद संघले दुवै सदस्यलाई त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहलमा आयोजित एक कार्यक्रमबीच आइतबारै स्वागत स्वागत गर्‍यो । सो अवसरमा राखेपका सदस्य–सचिव केशवकुमार विष्टले सदस्यद्वयलाई बधाइ दिदै सहकार्य गरेर अगाडि बढ्ने बताए । सदस्य–सचिव विष्टले खेल क्षेत्रमै लागेको व्यक्ति परिषद्को बोर्डमा आउनु खुशीको कुरा भएको बताउदै उनले नेपाल सरकारलाई धन्यवाद दिए । नवनियुक्त सदस्यद्वयले आफूहरु खेलकुदको पृष्ठभूमिबाट आएको हुनाले खेलकुदको विकास र विस्तारमा कृयाशिल हुने प्रतिबद्धता जनाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ