arrow

उन्नत नश्लका गाई दिन भारतले मानेन, चीन तयार 

logo
प्रकाशित २०७४ जेठ १८ बिहिबार
Nepal-India-and-chaina-flag.jpeg

काठमाडौं । दूधमा आत्मनिर्भर बन्ने घोषणा गरेको सरकारले उत्पादन बढाउन नसकेपछि विदेशबाट उन्नत नश्लका गाई ल्याउन पहल सुरु गरेको छ । 

भारतबाट उन्नत जातका गाई ल्याउने प्रयास असफल भएपछि चीनबाट ल्याउने प्रक्रिया अघि बढाएको हो ।

राष्ट्रिय दुग्ध विकास बोर्डले चीनको कृषि यान्त्रीकरण विज्ञान प्रतिष्ठानको सहयोगमा उन्नत नश्लका गाईसहित नयाँ परियोजना ल्याउन सुरु गरेको छ । 

सरकारले आगामी दुई वर्षभित्र दूधमा आत्मनिर्भर बन्ने योजना अनुसार उन्नत गार्इ झिकाउन लागेको हो । 

 ‘किसानको मागअनुसार उन्नत नश्लका गाई दिन सकिएको छैन’ बोर्डका कार्यकारी निर्देशक कैलाश ढुंगेलले भने, ‘भारतले नदिएपछि चीनसित कुरा अघि बढाइएको हो ।’

भारतले उन्नत जातका गाई नेपाल निर्यातमा कानुनी रुपमै रोकेको छ।

नेपालमा बजारको मागको तुलनामा २० प्रतिशत दूध अभाव रहेको डेरी एसोसियसनका अध्यक्ष सुमित केडियाले बताए । (नागरिक दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ