arrow

चार दशक पछि जिल्ला अस्पताल सिन्धुपाल्चोकमा अप्रेशन सेवा शुरु

logo
निरोज चौलागाई,
प्रकाशित २०७४ जेठ १८ बिहिबार
Sindhupalchok-hamrakura-new.jpeg

चौतारा। जिल्ला अस्पताल सिन्धुपाल्चोकले चार दशक पछि पहिलोपटक विभिन्न रोगको अप्रेशन सेवा शुरु गरेको छ। गतसाता अस्पतालले स्वास्थ्य सचिवको अतिथ्यमा एक कार्यक्रम गरि अप्रेशन सेवा सञ्चनलनमा ल्याएको हो।

साता अघि संञ्चालन गरेको अस्पतालले प्रसुति र एपेण्डीक्स को दुइ विरामीको अप्रेशन गर्न सफल भएको  अस्पतालले जनाएको छ। काठमाण्डौ सगँ जोडिएको सिन्धुपाल्चोक जिल्लामा अप्रेशन सेवा नहुँदा कयौँ विरामी राजधानी धाउन बाध्य बनेका थिए।

नेपाल सरकारको निति अनुसार सञ्चालनमा आएको अप्रेशन सेवा पछि विरामीले जिल्ला अस्पताल सिन्धुपाल्चोकमा यो सेवा पाउन थालेका छन्। बरिष्ठ सर्जिएन डा. सुरेन्द्र शाक्यले भने ‘हामीले अप्रेशन सञ्चालन गरे लगत्तै एउटा भएको बताए’। अहिले अझ राम्रो व्यवस्थापन भएको छैन्। अप्रेशनका लागि चाहिने सामाग्री निरन्तर मागेका छौ आवश्य पर्ने उपकरण कतिपय आइसक्यो र कति उपलब्ध गराउन जिल्ला स्वाथ्य कार्यलयले पहल गरेको छ।

शाक्यले भने अहिले हामी उपकरण भए सम्म मुटु र ब्रेनको बाहेक अरु रोग हर्निया, हाइड्रोसिल, प्रसुति,  पित्तथैलि, अल्ट्रासाउन लगायत विभिन्न रोगको अप्रेशन गरिने बताए। एपेण्डिक्सको उपचारमा भौतारिएकि  छलमायाा उपचारको लागि रिन गरेर तिनपटक राजधानीको विभिन्न अस्पतालमा धाइन् तर उनलाइ अस्पतालले ९० हजार लाग्छ भनेर भन्दियो। आर्थिक समस्याबाट पिल्छिएकि  चौतारा सागाँचोकगढि  नगरपलिका गौरतीकि छलमायाँ तामाङले उपचार खर्चको अभावकै कारण चौथो पटक राजधानी धाउन सकिनन्।

जिल्ला अस्पतालमा अप्रेशन सेवा पाउने जानकारी पाएपछि उनि अस्पतालमा आइन्। जिल्ला अस्पतालमा  चौताराले उनलाइ भर्ना लिएर उपचार सेवा थालेपछि भने जस्तो अप्रेशन सेवा पाइन्। तामाङ भन्छिन् उपचारको लागि काठमाण्डौ पटक–पटक धाइयो तर पैसा धेरै सके उपचार भएन तर अहिले चौतारा अस्पतालमा उपचार गराउदा खर्च पनि निकै कम भयो र उपचार पनि राम्रो पाएक छु  करिव एक लाख खर्च लाग्छ भनेको उनको उपचार सिन्धुपाल्चोकमा १५ हजारमा हुने भएपछि अहिले उनि निकै खुसि भएकि छन्।

स्वास्थ्य मन्त्रालयको नीति अनुसार अस्पतालले २४ घण्टे आकास्मिक सेवा सञ्चालन गरेको अस्पताल प्रमुख सुरेन्द्र चौरासियाले बताए। चौरासियाले भने अस्पतामा सेवा लिएका विरामीलाइ अस्पताले नै सस्तो र सुलभ मुल्यमा औषधि उपलब्ध गराउन  अस्पतालले फार्मेसि सञ्चाल गरेको बताए छ। हामीले कसरी विरामीलाइ सहज वातावरणबाट उपचार सेवा प्रवाह गर्न सकिन्छ भन्ने विषयमा कर्मचारी सगँ छलफल अघि बढाएका छौँ यो अस्पतालमा सेवा लिन आउने जो कोहि  विरामीले  उपचार र औषधि लिन सास्ति भोग्न  नपर्ने उद्देश्यले अझ प्रभावकारी बनाइने जनाए।

अप्रेशन थ्रिएटरको लागि आठ जना सिस्टर २ जना कार्यलय साहयक र २ जना डाक्टर चाहिन्छ तर अहिले जम्मा ६ जनाले  सेवा प्रवाह गरेका छन्। भौतिक समस्या उस्तै छ। अहिले ६ कोठामा काम चलाइरहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ