arrow

मनाङको दावेदारी : सशस्त्रलाई पछार्दै चोथो स्थानमा

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
731273057.jpeg
काठमाडौं । रेडबुल राष्ट्रिय लिग फुटबलमा मनाङ–मस्र्याङ्दी क्लव चौंथो स्थानमा उक्लिदै दावेदारी पेश गरेको छ ।
सोमबार सशस्त्र प्रहरीलाई १–० ले जित्दै मनाङ महत्वपूर्ण तीन अंक बटुलेर चौथो स्थानमा उक्लिएको हो ।
 
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा मनाङलाई विजयी गराउन इन्जुरी समयमा रुपेश केसीले निर्णायक गोल गरे ।
लिग तालिकामा १३ खेलबाट २६ अंक जोडेको थ्रीस्टार शीर्ष स्थानमा छ । समान खेलबाट २४ अंक बटुलेको त्रिभुवन आर्मी गोल अन्तरले झापा–११ लाई पछि पार्दै दोस्रो स्थानमा छ । झापाको पनि २४ अंक छ ।
 
एक खेल कम खेलेको मनाङ २२ अंक जोड्दै चोथौ स्थानमा उक्लँदा २० अंकको सशस्त्र प्रहरी पाँचौं स्थानमा झरेको छ । पहिलो पटक होम एण्ड अवेको आधारमा भइरहेको लिग रोचक बन्दै गएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ