arrow

बडा दशैं सुरु, घटस्थापनाको शुभ साइत बिहान ११ः२५ मा

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
1666144531.jpeg

काठमाडौं । यस वर्षको बडा दशैं मंगलबार (आज) बाट सुरु भएको छ । नवरात्रको पहिलो दिन घरघरमा देवी दुर्गाको प्रतिमा स्थापना गरी घटस्थापना गरिँदै छ ।
आश्विन शुक्ल पक्ष प्रतिपदाको दिनलाई घटस्थापना भन्ने गरिन्छ । यही दिनदेखि नवरात्री आरम्भ हुन्छ । यस दिन दशैं घर अर्थात घर–घरमा जमरा राखिन्छ । घट कलशको स्थापना गरी देवी–देवतालाई आह्वान गरिन्छ ।

घटस्थापना र नवरात्री आरम्भको शुभ साइत बिहान ११ बजेर २५ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

यस दिन झिसमिसेमै आत्मशुद्धी गरी नदी, खोला, बगर या आफूलाई पायक पर्ने ठाउँबाट चोखो माटो वा बालुवा ल्याई दशैं घर अर्थात पूजाकोठामा आसन बनाई जमरा उमार्न जौ, मकैलगायतका अनाज छरिन्छ ।

माता भगवतीलाई मन पर्ने वनस्पति जमरा भएकाले भगवतीलाई खुसी पार्न लागि जमरा उमार्ने किंवदन्ती छ । यस्तै, माटोको विशुद्ध जल पूर्ण घडाको वरिपरी नौ वटा देवीको स्वरुपको प्रतिमूर्ति मानी गाईको गोबरले नौवटा देवीको वेदी बनाई लेपन गरिन्छ र घडाको वरिपरी जौ गाडिन्छ ।

शक्तिस्वरुपा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा आजा गर्ने गरिन्छ । यसै दिनदेखि नवमीसम्म घर–घरमा तथा देवीका मन्दिरमा पहिलो दिनकै बमोजिम भगवती दुर्गाको पूजा, आराधना र प्रार्थना गरिन्छ । दुर्गा सप्तशती चण्डी पाठ गरिन्छ ।

उपत्यका लगायत देशैभरको देवी मन्दिरहरुमा बिहानैदेखि दर्शन गर्नेहरुको घुईंचो छ । यो बर्ष कात्तिक ५ गते विजया दशमी अर्था दशैंको मुख्य टीका परेको छ ।

यस वर्ष तिथिले नवमी र दशमी एकै दिन परेको छ । टिकाको शुभ साइत १० बजेर ५७ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ