arrow

यी हुन् पहुँचवाला फरार दोषी, जो पक्राउ नै पर्दैनन्

logo
प्रकाशित २०७४ जेठ २० शनिबार
x-police-crime.jpg

काठमाडौं । ओमबिक्रम राणा, हेमबहादुर गुरूङ र रमेश चन्द ठकुरी सर्वोच्च अदालतबाट दुई वर्ष कैद सुनाइएका दोषी हुन् ।

वैशाख १७ मा भ्रष्ट प्रमाणित गर्दै अदालतबाट भएको फैसला कार्यान्वयनमा आएको भए उनीहरू एक महिना कैद कटिसक्थ्यो । तर उनीहरू जेलमा होइन, अझै स्वतन्त्र छन् ।

सुडानमा शान्ति स्थापनार्थ खटिएका आफ्नो संगठनका सदस्यलाई बन्दोबस्तीको सामान खरिदमा भ्रष्टाचार गरेको प्रमाणित गर्दै सर्वोच्च अदालतले उनीहरूलाई एक महिना अगाडि दोषी प्रमाणित गरेको थियो । 

यी फरार हुन् भन्नेबारे प्रहरी निकाय जानकार छ तर पक्राउ गर्न चासो दिएको छैन । यी तीन फरार पक्राउ नपर्नुको कारण हो उनीहरूको ‘हाइ प्रोफाइल’ पृष्ठभूमि ।

यी तीनै जना नेपाल प्रहरीका पूर्व महानीरिक्षक हुन् । उनीहरूको त्यही पृष्ठभूमिकै कारण काठमाडौं उपत्यकाभित्रैको आफ्नै घरमा हुँदासमेत समातिएर जेल पुगेका छैनन् ।

प्रशासनिक पहुँचको भरमा लागू औषध मुद्दामा १९ वर्षदेखि उन्मुक्ति पाउँदै आएको अर्को रोचक घटनासमेत भेटिएको छ । 

मुद्दा हो २०५५ को, अनि व्यक्ति हुन् मशकुर अहमद लारी । १९९७ मा जर्मनीको फ्र्यांकफर्ट विमानस्थलमा फेला परेको २ सय ५० किलो चरेशको मुद्दामा उनी तानिएपछि २०६८ मा काठमाडौं जिल्ला अदालतले पक्राउ आदेश जारी गरेको थियो ।

तर उनी हालसम्म पक्राउ परेका छैनन् । पक्राउ नपर्नुको कारण हो उनको पहुँच । उनी बानेश्वरमा रहेको एभरेष्ट होटलका सञ्चालक हुन् ।

किस्ट बैंकका तत्कालिन प्रवन्ध संचालक कमल ज्ञवाली र उनकी श्रीमती गौरी खनाल पहुँचका आधारमा उन्मुक्ति पाउने अर्का पात्र हुन् । 

यी दुबै बैंकिङ कसुरका दोषी हुन् । यी दुबै विरुद्ध ३ वर्ष कैद र १२ करोड जरिवानाको फैसला आइसके पनि पक्राउ भने परेका छैनन् ।

यस्तै अदालतबाट जन्मकैदको सजाय पाए पनि राजनीतिक संरक्षणको आडमा बालकृष्ण ढुंगेलले अदालत र प्रशासनलाई घुमाउँदै आएका छन् । 

उनीविरुद्ध २०६६ मा उज्जन श्रेष्ठको हत्याको अभियोग पुष्टि भएको थियो । (नागरिक दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ