arrow

भरतपुरको १९ नं वडामा पुन: मतदान गर्ने निर्वाचन आयोगको निर्णय 

logo
प्रकाशित २०७४ जेठ २० शनिबार
Election-Commission-hamrakura-3.jpg.jpeg

काठमाडौं । निर्वाचन आयोगले भरतपुर महानगरपालिकामा पुनः मतदान गर्ने निर्णय गरेको छ । शनिबार बसेको निर्वाचन आयोगको बैठकले यस्तो निर्णय गरेको आयोग निकट स्रोेतले जानकारी दियो । गत जेठ १४ गतेदेखि मतपत्र च्यातिएको विषयमा विवाद हुँदा मतगणना नै रोकिएको थियो । अब मतपत्र च्यातिएको वडामामात्रै पुनः मतदान गर्ने निर्णय गरिएको हो । 

आयोगले शनिबार जारी गरेको विज्ञप्तीमा “भरतपुर महानगरपालिकाको मतगणना जारी रहेको अवस्थामा वडा नं. १९ को मतगणनाको क्रममा मतगणना स्थलमा उपस्थित उम्मेदवारका प्रतिनिधिहरू मध्ये केहिले मतगणना स्थलमा प्रवेश गरी गणना भएका र नभएका गरी सयौं मतपत्र च्यात्ने काम गरी मतगणना स्थल रणभूमितुल्य बनाई असामान्य अवस्था सिर्जना भएकोले काबु बाहिरको परिस्थिति परी तत्काल मतगणना कार्य स्थगन राखी स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४९ र ५० बमोजिम प्रतिवेदन पेश गरेको व्यहोरा जानकारी गराउँदै भरतपुर महानगरपालिका चितवनका मुख्य निर्वाचन अधिकृतले  २०७४ जेठ १५ मा पत्र पठाएको उल्लेख गरिएको छ । 

विज्ञप्तीका अनुसार आयोगको सोही दिन बसेको बैठकले सो घटना सम्बन्धमा स्थलगत भ्रमण गरी मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख, मतगणना स्थलमा खटिएका सशस्त्र प्रहरीका टोली प्रमुख र सम्भव भएसम्म राजनीतिक दलहरूसँग समेत छलफल गरी के कसो भएको हो ? सत्य तथ्य बुझी २ दिन भित्र आयोगमा प्रतिवेदन पेश गर्न स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ५० को उपदफा (३) बमोजिम आयोगका सहन्यायाधिवक्ता गीताप्रसाद तिम्सिनाको नेतृत्वमा अनुगमन टोली पठाउने निर्णय गरेको थियो । 

त्यस्तै, मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई गणनाको क्रममा रहेका मतपत्र मध्ये च्यातिई नोक्सान भएका मतपत्र सङ्ख्या एकिन गरी प्रतिवेदन पठाउनु भनी निर्देशन दिएकोमा चितवनका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला प्रहरी प्रमुख समेतलाई रोहवरमा राखी मतपत्र जाँच गर्दा च्यातिएर नोक्सान भएका मतपत्र संख्या ९० रहेको व्यहोरा सहितको पत्र जेठ १८ गते आयोगमा पठाईएको थियो । 

प्रस्तुत विषयमा आयोगले उल्लेखित प्रतिवेदनको अध्ययन गर्दा स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ५० को उपदफा (१) को खण्ड (ख) बमोजिम मतगणना स्थलको अनधिकृत कब्जा भएको भन्ने पुष्टि हुन आएको हुँदा सोही दफाको उपदफा (४) बमोजिम कब्जाबाट असर परेको चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं. १९ को मतदान केन्द्रको सम्पूर्ण मतपत्रहरू अवैध घोषित गरी मतदान रद्द गर्ने निर्णय गरिएको आयोगका प्रवक्ता शर्माले जानकारी दिए ।

सोही ऐनको दफा ५० को उपदफा (५) बमोजिम मतदान रद्द गरिएका मतदान केन्द्रको मतदान हुने स्थान, मिति र समय तोकी पुनः मतदान गराउने व्यवस्था मिलाउन भरतपुर महानगरपालिका चितवनका मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय पनि गरिएको आयोगले जनाएको छ । 

Image may contain: text



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ