arrow

घाइते परियारलाई इजरायलबाट एक लाख सहयोग

logo
प्रकाशित २०७४ जेठ २२ सोमबार
israel.jpg

रत्ननगर । साइकलको ठक्करबाट गम्भीर घाइते भई हाल उपचाररत दक्षिण चितवनको माडी नगरपालिका–८ जीवनपुरका ४८ वर्षीय कृष्णबहादुर परियारको उपचारका लागि इजरायलमा बस्ने नेपालीले आर्थिक सहयोग गरेका छन् । 

चितवन समाज इजरायलको प्रयासमा आर्थिक सङ्कलन गरी घाइते परियारको उपचारका लागि रु एक लाख एक हजार १११ सहयोग उपलव्ध गराइएको चितवन समाज इजरायलका महासचिव चिरञ्जीवी मिश्रले जानकारी दिए । 

सङ्कलित रकम चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समितिको संयोजनमा अस्पताल मै पुगेर आइतबार घाइते परियारलाई हस्तान्तरण गरिएको मिश्रले बताए । 

परियार सुकुम्बासी भएकाले उनको उपचारमा आर्थिक समस्या परेको थाहा पाएर सहयोग गरिएको जनाइएको छ । 

गएको चैत १६ गते माडीमा पैदल हिँडिरहेका बेला साइकलले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।

टाउकोमा रगत जमेका कारण उनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेजमा उपचार भइरहेको छ । 

एकपटक शल्यक्रिया गरिएको उनको टाउकोमा पुनः पानी जमेपछि दोस्रो पटक शल्यक्रिया गरिएको उनकी श्रीमती विष्णुमायाँ परियारले जानकारी दिइन् । 

अस्पतालको आइसीयुमा लामो समय बस्दा अहिले उनको पछाडि घाउसमेत आएको उनको भनाइ छ । 

उपचारमा अहिलेसम्म रु साढे दुई लाख बढी खर्च भइरहेको छोरी सिर्जना परियारको भनाइ छ । 

ठक्कर दिने बालकको परिवार पनि सुकुम्बासी र घाइते परियार पनि सुकुम्बासी भएकाले उनको उपचारका लागि आर्थिक अभाव रहेको चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष मुक्तिप्रसाद अधिकारीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ