arrow

संसद खुल्ने पक्का, ४ बुँदे सहमति पछि एमाले मान्यो

असार १४ गतेको निर्वाचन तोकिएकै मितिमा गर्ने

logo
प्रकाशित २०७४ जेठ २२ सोमबार
samsadhall.jpeg

काठमाडौं । सत्ताधारी र प्रमुख विपक्षी संसदको अवरोध खोल्न तयार भएका छन् । सोमबार संसद खोल्नका लागि भएको प्रयासपछि अन्ततः सत्ताधारी दलहरु र विपक्षी दलहरु संसद खोल्न सहमत भएका हुन् । चार बुँदे प्रतिवद्धता पत्र जारी गर्दै दलहरुले संसदको अवरोध खोल्ने पक्का–पक्की गरेका हुन् ।

संसदको अवरोध हटाउने विषयमा सोमबार अपरान्ह सभामुखको पहलमा तीन दलका शीर्ष नेताहरुको बैठक बसेको हो । बैठकमा एमाले नेताहरु संसदको अवरोध खोल्न सहमत भएका हुन् ।

सभामुखले डाकेको बैठमा काँग्रेस नेता शेरबहादुर देउवा, रामचन्द्र पौडेल, एमाले नेता केपी ओली, सुवास नेम्वाङ, माओवादी नेता प्रचण्ड, नारायणकाजी श्रेष्ठ लगायत सहभागि भए ।

माओवादी केन्द्रका प्रमुख सचेतक टेकबहादुर बस्नेतले दलहरुबीच ४ बुँदे सहमति भएको बताए । बुँदागत रुपमा उनले भने, ‘पहिलो नम्बरमा असार १४ गतेको दोस्रो चरणको निर्वाचन तोकिएकै मितिमा निष्पक्ष र धाँधलीरहित ढंगेले गर्ने, दोस्रो नम्बरमा आउँदो माघ ७ भित्रै प्रदेश र केन्द्रको निर्वाचन गर्ने गरी वातावरण तयार गर्ने, तेस्रो नम्बरमा पहिलो चरणको निर्वाचनमा भएका अनियमितालाई सच्याउने र अव उपरान्त त्यस्तो नगर्ने र आगामी निर्वाचनका लागि संसदमा गठन भएको छानविन समितिलाई ख्याल गरेर काम गर्ने सहमति भएको हो ।’

भरतपुर घटनाबारे छलफल भएपनि अदालतमा विचाराधिन भएकाले यसबारे केही निर्णय नभएको बस्नेतले बताएका छन् । बस्नेतले सदन खुल्ने भएसँगै मंगलबार मुलुकले ४०औँ प्रधानमन्त्री पाउने पक्का भएको समेत बताए । उनले भने, ‘अब प्रधानमन्त्री चयनको बाटो पूर्णरुपमा खुल्यो ।’ नयाँ प्रधानमन्त्रीका लागि काँग्रेस सभापति शेरबहादुर देउवाको मात्र एकल उम्मेदवारी परेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ