arrow

सन्तकहाँ देउवालाई देख्नेले एमालेका यि नेताहरुलाई चिन्लान ?

logo
प्रकाशित २०७४ जेठ २६ शुक्रबार
Sidda-baba-kp-sher-bidhya.jpg

काठमाडौँ। प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै काँग्रेस सभापति शेरबहादुर देउवा सन्तको आर्शिवाद लिन गएको भनेर पुराना तस्विरहरु सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालसम्म छ्यापछ्याप्ती बनाएर प्रचारमा गोयवल्श शैली फेरि एकपटक उदाङगो भएको छ। सन् २०१५ जनवरी १५मा खिचिएका तस्विरहरुलाई अहिलेको सन्दर्भमा जोडेर मिथ्या प्रचार गर्नेहरुको गोयवल्श शैलीको भण्डाफोर उनै सन्तको संस्थाको फेसबुक पेजले गरिदिएको हो।  

धार्मिक आस्था वैयक्तिक स्वतन्त्रता हो। कोही आस्तिक हुन्छन कोही नास्तिक। कोहि आडम्वर देखाउँछन। कोही लुकिछिपी गर्छन। कोही खुल्ला रुपमा स्विकार्छन। कोहि एउटा सिद्धान्तको कुरा गर्छन व्यवहार अर्कै गर्छन। 

यस समाचारमा उल्लेखित तस्विरमा प्रधानमन्त्री देउवा ठमेलस्थित सन्त कृष्णदासजी महाराजकहाँ गएको तस्विरसँगै अन्य दुई तस्विर पनि  रहेको छ। काँग्रेस सभापति तथा प्रधानमन्त्री देउवा दुई बर्षभन्दा अघी सन्तलाई भेट्न गएको सन्तजीकै कार्यालयको फेसबुक पेजमा राखेको तस्विरले पुष्टी गरेको छ। तर कोकोहोलो मच्चाउनेहरुले यसलाई अहिले सामाजिक सञ्जालदेखि केहि सञ्चारमाध्यममा राखेर उनको हुर्मत लिन खोजे। 

सबैले बुझ्नु पर्ने कुरा देउवा नास्तिक होइनन। उनी हिन्दु धर्म मान्छन र पूर्वीय दर्शनका आदर्शहरुलाई पनि पछ्याउँछन। गुरुकुल संस्कृतीलाई सम्मान गर्छन। सायद नेपालका अधिकांश यसलाई स्विकार्छन। यहि संस्कृतीलाई कमजोर बनाएर पश्चिमाकरणलाई प्रश्रय दिन नेपालमा कम्युनिष्टको नाममा नास्तिकहरु उत्पादन गर्ने कारखाना पनि नफस्टाएको हैन। तर जतिसुकै कम्युनिष्ट विचारबाट दिक्षीत भनेपनि परम्परागत कुराहरुलाई पुरै छोड्न सकेको त्यस्ता कोहि पनि चिनेका कम्युनिष्टहरु देखिएका छैनन्। 

भैसी पूजाका लागि तयार हुने प्रचण्ड हुन वा पछिल्ला दिनमा धार्मिक कार्यमा सरिक हुँदै आएका मोहनचन्द्र अधिकारी हुन। प्रधानमन्त्री हुने वित्तिकै सन्तका पुगेका केपी ओली नै किन नहुन। वाहिर कम्युनिष्ट आडम्वर देखाएपनि भित्रभित्रै धार्मिक रहेका कम्युनिष्ट नेताहरु वग्रेल्ती छन्। उनीहरु मात्र हैन तिनका कार्यकर्ता पनि घरमा रुद्री पूजा पाठ गर्ने अनि वाहिर आडम्वर गर्दै आएका छन्। देउवाको तस्विर देखाएर प्रश्न उठाउने क्रममा पनि उनीहरुसँगै अन्य केहि नास्तिक भन्नेहरुले पनि यहि आडम्वर देखाए। आवरणमा आफ्ना नेताले जोसँग भेटेपनि जे गरेपनि त्यसलाई अनेक जामा लगाएर लिपपोत गर्नेहरु देउवामाथि एक्कासी खनिए। सन्तकै शैलीमा अनेक अर्ती र उपदेश दिन थाले। 

देउवामाथि मात्र होइन उपप्रधानमन्‍त्रीहरु कृष्णबहादुर महरा र विजय गच्छदार उर्जामन्त्री ज्ञानेन्द्र कार्कीको पनि पुराना तस्विरहरुलाई अहिलेको परिस्थितिमा जोडर मिथ्या चर्चा गरियो। विशेषगरि एमालेको प्रोपोगण्डा मेसिनरीले हल्ला चलायो। अरु पनि कागले कान लग्यो भन्दै कान छाम्न छोडेर कागको पछि दगुर्न थाले। मिथ्याङक, गलत उदाहरण दिएर गोयवल्श शैलीको प्रचार गरि जनमतलाई भ्रमित पार्न खप्पिस एमाले अध्यक्षका कार्यकर्ताहरु त्यसपछि सामाजिक शैलीमा उत्रन थाले। अनेक लाञ्छना लगाइरहँदा उनीहरुले आफ्नै अध्यक्ष केपी ओली उनै सन्तसँग प्रधानमन्त्री भएकै दिन भेट्न गएको तथ्यलाई भने ढाकछोप गर्न लागिरहे। एमाले अध्यक्ष केपी शर्मा ओली सन् २०१५ को १२ अक्टोबरमा प्रधानन्त्री बनेका थिए । सोही दिन उनी कृष्णदास जी महाराजको आश्रममा आशिर्वाद लिन पुगेका थिए ।

राष्ट्रपति भएपछि पूर्व एमाले नेतृ विद्या भण्डारीले पनि महाराजसँग भेट गरेकी थिइन्। जुन सन्तकै संस्थाको फेसबुकमा समेत छ। मुख्य कुरा समाजका विभिन्न पक्षहरुसँग राजनीतिक नेतृत्वले भेट्नु वा विमर्श गर्नुलाई अस्वभाविक मान्न सकिदैन। तर धार्मिक पक्षसँग भएका भेटघाटलाई अतिरञ्जित गराउने कार्यले कसैको पनि हित नहुने भन्ने कुरालाई प्रोपोगण्डा मच्चाउनहेरुले पनि ध्यान दिए समाजकै हित हुने भने पक्का छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ