arrow

बेलहियाका काँग्रेसी उम्मेदवारको मूल योजना : नाकाको अबैध कारोवार नियन्त्रण 

logo
प्रकाशित २०७४ जेठ २६ शुक्रबार
nc_bhairahawa_26.JPG

भैरहवा । नेपाली काँग्रेस सिद्धार्थनगर भैरहवाका मेयर तथा उपमेयर पदका उम्मेदवारले रुपन्देहीको बेलहिया नाकालाई ब्यबस्थित गर्दै पर्यटन मैत्री बनाउने प्रतिबद्धता जनाएका छन् । घरदैलो अन्तरगत शुक्रवार सिनपा १ बेलहियामा पुगेका काँग्रेस सिद्धार्थनगरका मेयर पदका उम्मेदवार मातृकाप्रसाद यादव र उपमेयर पदकी उम्मेदवार माधवी शर्मा बाग्लेले सवै भन्दा बढी पर्यटक भित्रने र नेपालकै दोस्रो ठुलो भन्सार नाकालाई ब्यबस्थित गर्ने बताएका हुन् ।

बेलहिया नाकालाई पर्यटक मैत्री नाकाको रुपमा बिकास गर्दै बेलहियामा यात्रु बिश्राम गृह बनाउने काँग्रेसको योजना रहेको मेयर पदका उम्मेदवार यादवले बताए । त्यस्तै, बेलहियाका भित्री सडकहरु पिच गर्ने र बेलहिया नाका हुँदै अवैध रुपमा नेपाल भित्रिने लागुऔषध नियन्त्रणकालागि बिशेष अभियान सचांलन गर्ने उनले बताए । 

नेपाली काँग्रेसले सिद्धार्थनगर १ का पक्लीहवा कृिष क्याम्पस पछाडीको खाली जग्गामा ब्यबस्थित रुपमा मसान घाटको निमार्ण गर्ने, कृषि क्याम्पसको स्तरोन्नति गरी डिन कार्यालयको स्थापना गर्ने, रानी गाँउ–बेलहिया, नेउडिहवा गाउँको सडक पिच गर्ने, बिशेष आर्थिक क्षेत्र (सेज) सचांलनमा बिशेष जोड दिने जस्ता जनसरोकारका मुख्य बिषयलाई प्राथमिकतामा राखेका छन ।

पहिलो चरणको घरदैलो अभियान सकिसकेका सिनपा बडा नम्वर १ का अध्यक्षका उम्मेदवार रमेस मल्ल, सदस्यका उम्मेदवारहरु मिनबहादुर गुरुङ्ग, राजकिशोर यादव, मानवती हरिजन, हरीमाया गुरुङ्गले पनि मेयर उपमेयरसगै दोस्रो चरणको घरदैलो सुरु गरेका छन् ।  

मेयर–उपमेयर सहितको घरदैलो कार्यक्रमा नेपाली काँग्रेस प्रति  नगर वासिन्दाहरुको उत्साहजनक सहभागिता रहेको सचिव सजिंव शर्मा रेग्मीले बताए । यता पहिलो चरणको घरदैलो कार्यक्रम सकिसकेका नेपाली काँग्रेस सिद्धार्थनगर बडा अध्यक्ष तथा सदस्यका उम्मेदवारहरु भने आन्तरिक भेटघाट र मतदाता शिक्षामा केन्द्रीत भएका छन् । बडा नं १२ का अध्यक्ष करुणजगं श्रेष्ठ, १३ का सोमबाहदुर गुरुङ्ग (सेते) ले पनि शुक्रवार आ आफ्नो क्षेत्रमा घरदैलो गरेका थिए । 

बडा नं २ का अध्यक्षका उम्मेदवार जगजिवन पाठक, ३ का चन्द्रवली यादव, ४ का नरेन्द्र रौनीयार, ५ का पुरन प्रसाद श्रेष्ठ, ६ का धिरेन्द्र श्रीवास्तव, ७ का भिमसेन कर्मचार्य, ८ का राजनजगं राणाँ, ९ का श्याम खनाल, १० का बिजय नाथ धवल, ११ का राजेस्वर यादव पनि नियमित रुपमा घरदैलो र मतदाता भेटघाटमा ब्यस्त छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ