arrow

उपेन्द्रको फोरम र सरिताको सद्भावाना पार्टीबीच एकता 

logo
प्रकाशित २०७४ जेठ २६ शुक्रबार
upendra_sarita.jpg

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र पूर्वमन्त्री सरिता गिरी नेतृत्वको नेपाल सद्भावना पार्टीबीच एकता भएको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर यी दुई पार्टीवीच एकता भएको औपचारिक रुपमा घोषणा गरिएको हो । पार्टी एकता कार्यक्रमका सभापति समेत रहेका फोरम अध्यक्ष उपेन्द्र यादवले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको नव–निर्वाचित सरकारले संविधान संशोधनको लागि गरेको वाचा तत्काल पुरा गर्नुपर्ने बताएका छन् ।

अध्यक्ष यादवले भने,‘प्रधानमन्त्री देउवाले हामीसँग जुन प्रण गरेका छ, ती सबै बाचा पुरा गरेर आउने असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा जनतासहभागिता बढाउने वातावरणको निर्माण गर्नुहुनेछ ।’ गिरीले नेतृत्व गरेको पार्टीका सम्पूर्ण पदाधिकारिलाई बधाई दिँदै अध्यक्ष यादवले भने, ‘अव हामीले मुलुक लागि, गरिव, जनजाति, थारु, उत्पीडित जनता लगायत सम्पूर्णको लागि सदनदेखि सडकसम्म एकजुट भएर लाग्नुपर्छ, सरकारले जनताका मागहरू सम्बोधन नगरेको खण्डमा जनता चुप बस्न सक्दैनन्, यो कुरा सरकारले राम्रोसँग जानिराख्नुपर्छ, अवसरमा समानता, अधिकारमा समानता, न्यायमा पहुँच जस्ता कुरालाई आत्मसात् गरेर अघि बढेका पार्टीबीच एकता हुनुले जनतामा उत्साह पैदा भएको छ ।’ यादवले पार्टी एकता समयको माग भएको समेत प्रष्ट पारे । 

त्यस्तै कार्यक्रममा सद्भावना पार्टीकी राष्ट्रिय अध्यक्ष सरिता गिरीले मधेशका जनता निर्वाचनको पक्षमा रहेको दाबी गरिन् । उनले भनिन्, ‘म विगत दुई महिनादेखि मधेशमा छु, त्यहाँका जनता निर्वाचनको पक्षमा छन्, २० वर्षदेखि रिक्त रहेका स्थानीय तहमा जनताले आफ्ना अधिकार प्राप्त गर्ने यो सुनौलो मौका हो, अर्कोतर्फ हामीले संविधान आलोचनात्मक रुपमा स्वीकार गरेका छौँ, यस संविधानलाई अभ्यासको माध्यमबाट नै स्वीकार्यता बढाउनुपर्छ, केही प्रगतिशील कुराहरु छन्, यस्ता कुरालाई संस्थागत गर्नुपर्छ ।’

एकता कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा गिरीले विगत लामो समयको गृहकार्यपछि संघीय समाजवादी फोरमसँग आफ्नो एकतामा परिणत भएको जानकारी दिएकी छिन् । संघीय समाजवादी फोरम नेपाल र उपेन्द्र यादवलाई मधेशका मात्रै नभएर विकास, परिवर्तन, मुलुकका समस्या र एजेण्डको लागि लड्दै आएको भन्दै आफ्नो पार्टी एकतामा आउन राजी भएको बताईन् । पार्टी एकता कार्यक्रममा फोरम नेपालका सचिव रत्नेश्वरलाल कायस्थले प्रेस विज्ञप्ती वाचन गरेका थिए । त्यस्तै कार्यक्रममा फोरम नेपालका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठ लगायत केन्द्रिय सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ