arrow

मातृभक्त शनिदेव कसरी बने पिता सूर्यका विद्रोही ? यस्तो छ किस्सा  

logo
प्रकाशित २०७४ जेठ २७ शनिबार
sanidev.jpg

काठमाडौं । हिन्दू धर्मालम्बीहरुको आस्था र विश्वासका प्रतीक हुन् भगवान शनि । हिन्दू धर्मशास्त्रका अनुसार शास्त्रानुसार कश्यप मुनिको वंश भित्र भगवान सूर्यनारायणकी पत्नी स्वर्णा ९छाया० को कठोर तपस्याबाट ज्येठ महिनाको अमावस्या औशीका दिन भगवान शनिको जन्म भएको थियो । उनकी आमाले भगवान श‌ंकरको कठोर तपस्या गरी पैदा भएका शनि जेठ महिनाको तेज गर्मीका कारण आफ्नी आमाको गर्भमा नै कालो बन्न पुगेको हिन्दू धर्म शास्त्रहरुमा उल्लेख गरिएको छ । उनकी आमाको कठोर तपस्याका कारण नै बालक शनि अद्भुत र अपार शक्तिले सम्पन्न बन्न पुगेको हिन्दू ग्रन्थमा उल्लेख छ ।    

एक दिन जब भगवान सूर्य पत्नी छायासँग मिल्नको लागि उनीकहाँ गएका थिए । तब शनिले आफ्ना बाबु सूर्यको तेजका कारण आफ्नो आखा बन्द गर्न पुगे । तर, त्यतिबेला सूर्यले आफ्नो दिव्य दृष्टिबाट यो थाहा पाए कि उनका पुत्र शनि त पुरै काला छन् जो उनका हुनै सक्दैनन् । त्यसपछि सूर्यले आफ्नो यो सन्देह आफ्नी पत्नी छायाँलाई सुनाए । आफ्नै पुत्रलाई पनि आफ्नो हैन भन्ने सूर्यको त्यो अभिव्यक्ति सुनेका बालक शनिले सोही दिनदेखि आफ्ना बाबुप्रति शत्रुवत भाव आफूमा जागृत गराए । शनिले पनि पहिलो दिन नै यस्तो सन्देह व्यक्त गरेपछि सूर्यले पनि शनिप्रति पुत्रवत व्यवहार कहिलैै गरेनन् । बरु शनिले पनि भगवान शिवको तपस्या सुरु गरेर शिवलाई खुशी तुल्याए । 

जव उनको तपस्यादेखि प्रशन्न भएर भवगान शिवले वरदान माग्नको लागि आग्रह गरे । त्यसपछि शनिले भनेकि मेरा पिता सूर्यले मेरी आमा माति अनादर गरी उनलाई प्रताडित गरे । मेरी आमा सधैंभरी अपमानित र पराजीत भएको महशुस गरिरहन्छिन् । यसकारण तपाईले मलाई सूर्य भन्दा पनि बढी शक्तिशाली र पुज्य बनाईदिनुहोस् । तब भगवान आशुतोष शिवले तिमी नौ ग्रहमा नै सबैभन्दा श्रेष्ठ स्थान पाउँदै यिनीहरुबीचको सर्वाेच्च न्यायाधीस वा दण्डाधिकारी बन्छौ भनेर आशीर्वाद दिए । शिवले उनलाई साधारण मानिस त के तिमीलाई देवता दानव, सिद्ध, विद्याधर लगायत सबै जना तिम्रो नाम लिएपछि भयभित हुन्छन् भनेर आशीर्वाद दिए । 

शनिकै कारण अल्पायूमै वितेका थिए मेघनाथ 

कथाका अनुसार लंकापति रावणले आफ्नो शक्तिले देवताको राज्यमात्रै हडपेका थिएनन् । सबै ग्रहहरुलाई पनि उनले बन्दी बनाएका थिए । जव मेघनाथको जन्म हुनेवाला थियो । तव रावणले सबै ग्रहहरुलाई उनले उच्च राशीमा विराजमान हुन आदेश दिएका थिए । ग्रहहरुमा उनको भयका कारण भविष्यमा घट्नेवाला घटनाको चिन्ताले उनीहरुलाई सताईरहेको थियो । तर, मेघनादको जन्महुने ठीक एक दिन अघि शनिदेवले आफ्नो राशी बदलिदिए । त्यसकारण मेघनाथ अपराजेय वा दीर्घायूवान् हुन सकेनन् । यही आक्रोशमा रावणले तत्कालै क्रोशित भई शनिको खुट्टामा गदा प्रहार गरे । यही कारणले शनिको चालमा केही लचकता आएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ